१२ कार्तिक २०८३, बुधबार

 

ढोरपाटनमा सुख्खा पहिरो, स्काभेटर पल्टिदा सहचालक घाइते

बागलुङ । ढोरपाटन नगरपालिका ४ हुन्द्राफेदीमा सडक खन्ने क्रममा सुख्खा पहिरो गएको छ । सुख्खा पहिरो जाँदा स्काभेटरका सहचालक घाइते भएका छन् ।

हचालक निसीखोला गाउँपालिका वडा नं.६ का २५ बर्षिय दलमान बुढाको टाउको, खुट्टा, र हातमा चोट लागेको हो । पहिरोका कारण स्काभेटर तमानखोलामा खसेको थियो ।

स्काभेटर करिब १० मिटर तल खोलामा क्षेत बिक्षेत अवस्थामा रहेको छ । पहिरोका कारण बुर्तिबाङ–बोङगादोभान सडक खण्डसमेत पुर्ण रुपमा अवरुद्ध भएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung