१ जेष्ठ २०८१, मंगलवार

 

अमेरिकाको अलास्कामा शक्तिशाली भूकम्प

काठमाडौं । अमेरिकाको अलास्कामा ७ म्याग्नेच्युडको शक्तिशाली भूकम्प आएको छ ।

अलास्काको ठूलो शहर एन्कोरेजभन्दा ११ किलोमिटर उत्तरलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको अमेरिकी भूमापन केन्द्रले जनाएको छ ।

जमिनभन्दा ४० दशमलव ९ किलोमिटर गहिराइमा भूकम्प गएको केन्द्रले जनाएको छ । करिब ३ लाख जनसंख्या रहेको एन्कोरेज १ लाख मानिस प्रभावित भएका छन् ।

७ म्याग्नेच्युडको भूकम्पपछि पनि लगातार केही परकम्पनहरु गएका थिए ।

भूकम्पपछि मानिसहरुको भागदौड मच्चिएको छ भने केही कमजोर संरचनाहरु भत्किएका छन् ।

केही सडकसमेत भासिँदा यातायात अबरुद्ध भएको छ ।

करिब १० हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ । सरकारी अधिकारीहरुले संयमित रहन आग्रह गरेका छन् ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्