नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्र्टीले निर्मलाका वलत्कारी र हत्यारालाई कारवाहीको माग गर्दै बागलुङमा प्रदर्शन गरेको छ ।
देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा जुलुश गर्ने कार्यक्रम अन्तरर्गत बागलुङ जिल्लामा पनि प्रर्दशन गरिएको नेकपाले जनाएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको यतिका दिन बितिसक्दा पनि सरकारले अपराधी सार्वजनिक गर्न नसकेको भन्दै नेकपाले बागलुङ सदरमुकाममा विरोध जुलुश निकालेको हो ।
निर्मला पन्तको हत्यारालाई कार्वाही गर भन्दै जीप पार्कमा भएको कोण सभामा नेत्रबिक्रम चन्द धौलागरि इन्चार्ज बिकिरण र नेता गोबिन्द सापकोटाले अहिलेको दलाल संसदीय ब्यबस्थापन खारेजीको माग गर्दै निर्मला पन्तको हत्यारा सरकारले सार्वजनिक नगरे आफ्नो पार्टीले गर्ने धारणा राखेका थिए ।
नेत्रबिक्रम चन्द नेकपाले कंचनपुरमा भएको बालिका निर्मला पन्तको हत्याकाण्डको पार्टाी स्तरमा छानबिन समिति गठन गरेर सत्य तथ्य संकलन गरिसकेको अबको केही दिन भित्रै हत्या काण्डको रिपोर्ट सार्वजनिक गर्ने तयारी गरिरहेको नेकपा स्रोतले जनाएको छ ।
नेकपाले म्याग्दीमा पनि यस्तै कार्यक्रम गरेको छ ।



















































































































































































































