१२ कार्तिक २०८३, बुधबार

 

सडकमा अलपत्र भेटिएका १ वर्षिय बालक र आमा मानव सेवा आश्रममा

बागलुङ बजारमा अलपत्र अवस्थामा रहेका एक महिला र उनका १ वर्षिय छोरालाई उद्धार गरि मानव सेवा आश्रम बागलुङमा ल्याईएको छ ।
उनलाई जिपपार्कबाट मानवसेवा आश्रमको टोलीले उद्धार गरि आश्रममा ल्याएर राखेको हो । दुईतिन दिनदेखि दिउसो र रातीको समयमा समेत सडकमै देखेपछि आश्रमका स्वयंसेवक सुजाता ढकालको समन्वयमा उनिहरुलाई आश्रम ल्याईएको हो ।

स्पष्ट बोल्न नसक्ने अन्दाजी २६ वर्षिय महिला र उनका १ वर्षका छोरालाई अहिले मानव सेवा आश्रममा राखिएको आश्रमका संयोजक सुनिरा लामाले जानकारी दिईन् । उनको घर ठेगाना र नाम समेत थाहा हुन नसकेको संयोजक लामाले बताईन् । उनी घरपरिवारबाट अपहेलित भएर घरछोडेर हिडेको बुझिएको छ ।

आश्रममा पुगेपछिको सामुहिक तस्विर

आश्रममा अहिले विभिन्न कारणले व्यवारिसे भई अपहेलित जीवन बिताईरहेका महिला ९ जना, ३ जना पुरुश र बच्चाहरु ७ जना गरि १९ जना आश्रय दिएर राखिएको छ । विभिन्न सहयोगीदाताहरुबाट प्राप्त हुने सहयोगबाट आश्रमको खर्च व्यवस्थापन गर्ने गरिएको छ । मानविय सेवामा सहयोग गर्न चाहने महानुभावले मोवाईल नम्बर–९८५५०७६००९ मा सम्पर्क गरेर सहयोग प्रदान गर्न सकिने मानवसेवा आश्रमका संयोजक लामाले बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung