बागलुङको बरेङ गाँउपालिकाको कार्यलयमा सिसि क्यामेरा जडान गरिएको छ । कर्मचारीको कामलाई उत्तरदायि बनाउँदै नियमित र व्यवस्थित गर्न तथा सेवाग्राहीलाई सरल तथा स्तरीय सेवा प्रवाह गर्नका लागि सिसि क्यामरा जडान गरिएको हो ।
बिभिन्न बिभागमा सेवा प्रवाहलाई नियमित बनाई गाँउपालिकाको सेवा प्रवाहलाई पारदर्शी र जनउत्तरदायि बनाउन सिसि क्यामरा जडान गरिएको बरेङ गाँउपलिकाका प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ पौडेलले बताए । कार्यालयका विभिन्न शाखामा ७ वटा सिसि क्यामरा जडान गरिएको छ । अन्यकार्यका लागि पनि आधुनिक प्रविधिको प्रयोग बिस्तार गर्दै सेवा प्रवाहलाई अझै सरल र छिटो छरिटो बनाउने प्रयास गरिने उनलेको भनाई छ ।
त्यस्तै बरेङ गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीका लागि गरिएको सूचना प्रविधि सम्बन्धि २ दिने आधारभुत तालिम सोमबार सम्पन्न भएको छ । जनप्रतिनिधि र कर्मचारी गरि ३० जनाको सहभागिता रहेको कार्यक्रमको सूचना प्रबिधि अधिकृत राजन कार्कीले आधारभुत कम्प्ुटर तथा इन्टरनेटको बारेमा सहजीकरण गरेका थिए ।



















































































































































































































