१२ कार्तिक २०८३, बुधबार

 

लैङ्गिक हिंसा विरुद्ध सामुहिक छालफल कार्यक्रम

लैङ्गिक हिंसाकाका घटना न्यूनिकरणका लागि घरवाटै पहल थाल्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । हिंसा र दुव्र्यवहार, छैन हामिहरुलाई स्वीकार भन्ने मुल नाराका साथ १६ दिन लैङ्गिक हिंसा विरुद्धको अभियान अन्र्तगत जिल्लास्तरीय सामुहि छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन ।

बिबिसी र भिएसओ नेपालको सहयोगमा भिमापोखरा युवा क्लव बागलुङले आयोजना गरको उक्त कार्यक्रममा लैङ्गिक हिंसाका घटनाको उत्पती हुने कारण तथा यसवाट परेका असरका बारेमा छलपल गरिएको थियो ।

बागलुङ नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत ठाकुर जी तिवारीले चेतना र शिक्षाको अभावका कारण पनि ठूलोमात्रमा हिंसाका घटना घटेको बताउदै घरपरिवार वाटनै यसलाई न्यूनिकरणको प्रयास थाल्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा महिला अधिकारकर्मी तथा अधिवक्ता ममतादेवी शर्मा, जिल्ला प्रहरी कार्यालयको महिला सेल प्रमुख अनु राई, अधिवक्ता हरिप्रसाद शर्माले लैङ्गिक हिंसा विरुद्धको अभियानलाई जनस्तर सम्म प¥याउनुपर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा हिंसा सम्बन्धी कानुनी पाटो तथा हिंसा उत्पन्न हुने कारण तथा न्यूनिकरणको उपायका वारेमा सामुहिक छालफल गरीएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung