१ जेष्ठ २०८१, मंगलवार

 

मेक्सिकोका राष्ट्रपतिले पूर्व राष्ट्रपतिले चढ्ने विलाशी जहाज बिक्रि गर्ने, 

 

मेक्सिकोमा राष्ट्रपतिले प्रयोग गर्ने विलाशी जहाज नयाँ राष्ट्रपतिको रुपमा चुनिएका एन्द्रेस म्यानुएल लोपेज ओब्रादोरले बिक्री गर्ने भएका छन् ।

‘भ्रष्टाचारी राजनीतिज्ञहरुले प्रयोग गरेका सबै जहाज र हेलिकप्टर हामी बिक्री गर्दैछौँ,’ राष्ट्रपति लोपेजले भनेका छन् ।वित्तमन्त्री कार्लोस उर्जुआले पछिल्लो साता आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो । यसबाहेक अन्य विलाशी सामान पनि बिक्रीम गरिने भएको छ ।

राज्यको ऋण कम गर्न सघाउने भन्दै वामपन्थी खेमाका नयाँ राष्ट्रपतिले अत्याधिक सुविधा भएको करोडौं मुल्य पर्ने जहाज बेच्ने निर्णय गरेका हुन् । उक्त जहाज उडाएर सोमबार दक्षिणी क्यालिफोर्नियास्थित भिक्टोरभिल एयरपोर्ट पुर्याइने छ । अर्थ मन्त्रालयले दिएको जानकारी अनुसार उक्त जहाज सोही स्थानबाट बिक्री हुने छ ।

लोपेज ओब्रादोरले पूर्व राष्ट्रपति र सरकारी उच्च आधिकारीको पेन्सन कटौती गर्ने लगायत चुनावी बाचाको रुपमा घोषणा गरेका थिए । उनले लस पिनोसस्थित राष्ट्रपति भवनमा नबसेर साधारण भवनमै आफ्नो कार्यकाल बिताउने घोषणा गरेका छन् ।

साथै उक्त भवनलाई सांस्कृतिक केन्द्रको रुपमा रुपान्तरण गर्ने तयारी गरेका छन् । मेक्सिकोमा यसअघि राजनीतिक नेतृत्वले चरम भ्रष्टाचार गरेका समाचार बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्