१७ बैशाख २०८१, सोमबार

 

चिनियाँ राष्ट्रपति जिनपिङको नेपाल भ्रमणबारे चर्चा सुरु

काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणबारे चर्चा सुरु भएको छ ।

नेपाल–चीन दुइपक्षीय परामर्श संयन्त्रको १२ औं बैठकमा सीको नेपाल भ्रमणबारे चर्चा भएको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ । उच्चस्तरीय भ्रमणबारे स्पष्ट नभए पनि पहल जारी रहेको बताइएको छ । नेपालको आग्रहमा चिनियाँ पक्ष समेत सकारात्मक देखिएको छ ।

जियाङ जेमिनले सन् १९९६ को डिसेम्बरमा दुईदिने नेपाल भ्रमण गरेका थिए । २०१२ को जनवरीमा प्रधानमन्त्री वेन जियावाओ पाँच घण्टाका लागि नेपाल आएका थिए ।

संयन्त्र बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्रसचिव शंकारदास बैरागी र चिनियाँ पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका उपमन्त्री खोङ सुआनयौले गरेका थिए ।

बैठकमा नेपालका लागि प्रस्तावित चिनियाँ राजदूत होउ यान्छी पनि सहभागी थिइन् । सन् २०१९ मा चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गर्ने सम्भावनाका बारेमा बैठकमा छलफल भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्