५ कार्तिक २०८३, बुधबार

 

कीर्तिपुरमा आइएमईकोे ४४ आौं शाखा

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ४४ औं शाखा काठमाण्डौंकोे कीर्तिपुरमा संचालनमा आएको छ । बिमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले उक्त शाखाको उद्घाटन गरेका हुन् ।

चिरञ्जिबी चापागाईले बिमाको पहुँच फराकिलो हँुदै गएको हुनाले स्वस्थ्य प्रतिस्पर्धा मार्फत आफ्ना ग्राहकहरुलाई सहज र सुलभ सेवा प्रदान गरी अघि बढ्न सुझाब दिए ।

कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बिमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहक महानुभावहरुलाई सरल, छिटो तथा विश्वसनीय सेवा प्रदान गर्ने जानकारी दिए ।

प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले कम्पनीले आ.ब. २०७५।०७६ को प्रथम त्रैमासिकसम्ममा करिब ३२ करोड बिमा शुल्क आर्जन गरेको, कूल लगानी १ अरब ५ करोड त्यसैगरी खुद नाफा २ करोड ६२ लाख आर्जन गर्न सफल भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung