५ कार्तिक २०८३, बुधबार

 

पोखरामा ग्रीन डेभलपमेन्ट बैंकका चार शाखा खुल्यो

बागलुङ । ग्रीन डेभलपमेन्ट बैंकले एकै दिन चार शाखा विस्तार गरेको छ । पोखरा महानगरपालिका भित्र बागलुङ बसपार्क, बुद्धचोक, तालचोक र बागमारामा शाखा खोलेको हो ।

यो बागलुङमा केन्द्रीय कार्यालय रहेको क्षेत्रीय स्तरको बैंक हो । बैंकले हालसम्म ८ वटा शाखा संचालनमा ल्याएको छ । थप तीन शाखा छिट्टै संचालनमा ल्याउने तयारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत उमेशकुमार आचार्यले बताए ।

बैंकले कृषि, पर्यटनजस्ता उत्पादनशील क्षेत्रलाई प्रथामिकतामा राखेर लगानी गरेको छ ।
प्रधान कार्यालय बागलुङ र बेनी शाखाबाट बैंकले सुनचाँदी धितो कर्जा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung