३ श्रावण २०८३, आईतवार

 

जुम्लाको तापक्रम माइनस ४ डिग्री, पूर्वी भागमा वर्षा

वङ्गालको खाडीको दक्षिण पश्चिम क्षेत्रमा बनेको चक्रवातको असरले नेपालको मौसममा परिवर्तन आएको छ ।

जसका कारण नेपालको पूर्वी तथा मध्यभागमा भागमा मंगलबार विहान हल्का वर्षा भएको छ । साथै पूर्वका उच्च हिमाली भेगमा हिमपात भएको भएको हुनसक्ने जलतथा मौमस विज्ञान विभागले जनाएको छ ।
मौसमविद् समिर श्रेष्ठका अनुसार चक्रवातको असरको प्रभावले झापा, मोरङ, सुनसरी,तेह्रथुम, धनकुटा लगायतका जिल्लामा मंगलबार बिहान ४ मिलिमिटर पानी परेको छ ।

त्यस्तै ति जिल्लाको तापक्रम पनि घटेको छ । आज सवैभन्दा कम तापक्रम जुम्ला जिल्लाको मापन गरिएको विभागले जनाएको छ । जुम्लामा आज बिहान माइनस ४ डिग्री सेल्सियस पुगेको छ ।

विभागले बंगालको खाडीको  दक्षिण–पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘फेथाई’ अवतरण भैसके पनि त्यसको प्रभाव पुर्वी नेपालबाट सुरु भएर पश्चिमतर्फ गइरहेको जनाएको छ ।

विभागका अनुसार मङ्गलबार बेलुकाबाट मौसममा सुधार आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung