१२ कार्तिक २०८३, बुधबार

 

युनियनका निवर्तमान अध्यक्ष कंडेललाई बधाई तथा सम्मान

नेपाल प्रेस युनियन बागलुङका निवर्तमान अध्यक्ष एवं सल्लाहकार नरेश कंडेललाई प्रेस युनियन बागलुङलले बधाई तथा सम्मान गरेको छ ।
आसन्न बागलुङ उद्योग वाणिज्य संघको ५५ औं साधारण सभा तथा १७ औं महाधिवेशनबाट खुल्ला सदस्य पदमा निर्वाचित कंडेललाई युनियनले बधाई तथा सम्मान व्यक्त गरेको हो ।

आफ्नो नियमित वैठकको अवसरमा कंडेललाई बधाई तथा सम्मान गरिएको प्रेस युनियन बागलुङका अध्यक्ष प्रदिप पन्तले जानकारी दिए ।
सम्मान कार्यक्रममा बोल्दै सल्लाहकार कंडेलले पत्रकार र उद्योगी व्यवसाय बिच हरेक कुरामा सहकार्य र समन्वय हुने बताए । उनले आगामी दिनमा बागलुङ उद्योग वाणिज्य संघलाई अझै मिडिया मैत्री बनाउने लक्ष्य रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung