४ कार्तिक २०८३, मंगलवार

 

जेसीज २०१९ को अध्यक्षमा इटहरीका महेश विजयी

नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष बन्ने सपना बोकेका बागलुङमा सुदिप राजभण्डारी असफल भएका छन् ।
वर्ष २०१९ को नेतृत्वको लागि अध्यक्ष उम्मेदवारी दिएका राजभण्डारीलाई धौलागिरीको मत मात्रै आएको नतिजाले देखाएको छ । उनका निकटम प्रतिद्वन्द्वी इटहरीका महेश पौडेलले भारी मतका साथ विजयी हासिल गरेका छन् ।

शनिबारबाट जनकपुरमा सुरु भएको राष्ट्रिय महाधिवेशनबाट ९२१ मत सहित पौडेल विजयी भएका हुन् भने सुदिप राज भण्डारीले २४३ मत मात्र प्राप्त गरे । नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा ८९० मत सहित रविन पोखरेल क्रमश श्यामसुन्दर पौडेल ७४१, रमेशचन्द्र भुसाल ६८७, अमेश ढकाल ६४३ मत सहित विजयी भए ।

राष्ट्रिय उपाध्यक्ष पदका लागि थानकोट जेसिजका मोहन लाल डाँगी, भकुण्डे जिसिजकी रूक्मणी सिग्देल, त्रिभुवन नगर जेसिजका लालमणी भण्डारी, रामनगर जेसिजका भोजराज चापागाई, काठमाडौ जेसिजकी ईनु थापा, पाटन जेसिजको सुमन कृष्ण श्रेष्ठ, वर्सामादीको हरिकुमार शर्मा, सिद्धार्थ नगर जेसिजको कमल भण्डारी, गोकुल साप्कोटा गैडाकोट, कृष्णप्रसाद अर्याल नवलपुर जेसिज, अत्तरिया जेसिज दिनेश बोहरा विजयी भएका हुन ।

विजयी पश्चात् नव नियुक्त अध्यक्ष महेश पौडेलले लाखौं युवाहरूको मन मस्तिष्कमा वस्न र समाज परिवर्तनको लागि नयाँ र विशिष्ट कार्य योजनाको साथ अगाडि बढ्ने बताए ।

शनिबारबाट जनकपुरमा सुरु भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ३१ जनाको उम्मेदवारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung