१२ कार्तिक २०८३, बुधबार

 

पत्रकारिता तथा उद्घोषणकला तालिम शुरु

बेनीमा मंगलबारदेखि रेडियो प्रस्तोता, उद्घोषण तथा पत्रकारिता तालिम सुरु भएको छ ।

म्याग्दीकाली संचार सहकारी संस्थाद्धारा संचालित म्याग्दीकाली एफ.एम ८८.२ मेगाहर्जको आयोजनामा सात दिने पत्रकारिता तथा उद्घोषणकला तालिम शुरु भएको हो ।

बेनी नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले समाजलाई सही दिशातर्फ डो¥याउन, राम्रो गर्नेलाई प्रोत्साहन र नराम्रोको खवरदारी गर्न पत्रकारिता सशक्त माध्यम भएको बताए ।

जिल्लामा संचालित संचारमाध्यम र पत्रकारहरुले जिल्लााका सम्पूर्ण गतिविधिहरुलाई जनमानससम्म पु¥याउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै बरुवालले स्थानीय तहहरुबाट पनि संचारमाध्यमको सवलीकरणका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung