१२ कार्तिक २०८३, बुधबार

 

कुश्मा–मोदीवेणी सडकमा कालोपत्रेको काम शुरु

पर्वत । कुश्मा बडागाउँदेखि मोदीबेणी जाने सडकखण्डको कालोपत्रे काम शुरु भएको छ । गण्डकी प्रदेश सरकारको चालु आर्थिक बर्षका लागि ५० लाख र कूश्मा नगरपालिकाको १५ लाख समेत उक्त सडकमा विनियोजन भएको छ ।

उक्त सडकको कालीगंगा निर्माण सेवाले बाटो चक्ल्याउने र नाली निर्माणको काम अघि बढाएको छ । झण्डै डेढ किलोमिटर लामो उक्र सडक इस्टिमेट अनुसार चक्ल्याउने काम करिब पुरा भएको र केहि ठाउँमा चट्टान काट्नुपर्ने भएकाले ब्रेकर लगाउने तयारी भएको निर्माण समितिका अध्यक्ष मेघनाथ सुवेदीले जानकारी दिए ।

यो सडकखण्डको विस्तार र कालोपत्रे भएमा कुश्मा बजार र फलेवास क्षेत्रबीचको दुरी घट्नुका साथै दक्षिणबासीहरुका लागि छोटो दुरी कायम हुनेछ । यस सडकखण्डबाट फलेवास, विहादी, महाशिला र पैयू क्षेत्रमा बासिन्दाहरु प्रत्यक्ष लाभान्वीत हुनेछन् ।

हाल निर्माणधिन लोकमार्ग अन्तर्गत मोदीखोलामा मोटरेबल पुल सम्पन्न भएपछि पर्वतको फलेवास नगरपालिका लगायत दक्षिण क्षेत्रका बासिन्दा सदरमुकाम आउजाउका लागि झण्डै डेढ घण्टा बाटो छोटिने भएको छ । पुलको निर्माणकार्य धमाधम भैरहेको छ । हालसम्म ५० प्रतिशत काम सम्पन्न भएको कालीगण्डकी लोकमार्ग आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung