१२ कार्तिक २०८३, बुधबार

 

पर्वतका युवा काठमाडौंमा वेपत्ता

पर्वत । पर्वतका एक युवा काठमाडौमा वेपत्ता भएका छन् । कुश्मा नगरपालिका २ खुर्कोटका २३ वर्षिय सिद्धार्थ पौडेल दुई हप्तादेखि काठमाडौंको सतुङ्गबाट वेपत्ता भएका हुन् ।

हाल काठमाण्डौ जिल्लाको चन्द्रागिरी नगरपालिका वार्ड न १२ सतुङ्गल बस्दै आएका पौडेल घर छाडेर हिडेँको बताइन्छ ।

इलेक्टिकल इन्जिनियरिङ्गको पढाई पुरा गरेका पौडेललाई परिवार र आफन्तले खोजविन गर्दा समेत अहिले सम्म फेला नपरेको पाङ्ग खुर्कोट सम्पर्क समाजका सचिब डा. केदार सुबेदीले जानकारी दिए । यही मंसिर २६ गते देखि बेपत्ता भएको उनको परिवारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung