१२ कार्तिक २०८३, बुधबार

 

मोबाइल चोरी गर्ने नेपाली पक्राउ

पर्वत/पर्वत र म्याग्दीका बिभिन्न स्थानबाट मोबाइल फोन चोरी गरेको आरोपमा एक युवा कुस्माबाट पक्राउ परेका छन ।

पर्वतको कुस्मा नगरपालिका वडा नं ४ जिरोकिमी बस्ने ३१ बर्षिय नेपालीलाई बिभिन्न स्थानबाट मोबाइल फोन चोरी गरेको आरोपमा पक्राउ गरिएको हाे।

आरोपित नेपालीले मंसिर २३ गते कुश्मा नगरपालिका वडा ६ न्युरोड स्थित हंग्री आइज रेष्टुरेन्टवाट खाजा खाने क्रममा सामसुङ मोवाईल चोरी फरार रहेका थिए भने म्याग्दी जिल्लाको मंगला गाउपालिका वडा न ६ वस्ने वर्ष १८ को सविन वि.क.कोसामसुङ मोवाईल चोरी गरेको पाइएको छ ।

अभियुक्तलाई पर्वत जिल्ला अदालतबाट म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung