१२ कार्तिक २०८३, बुधबार

 

पञ्चकोटमा पाचौं महायज्ञ हुने

धार्मिक तथा पर्यटकीय स्थल पञ्चकोट बागलुङमा आगामी फागुन महिनामा पाचौं पञ्चकोट महायज्ञ गरिने भएको छ ।
श्री विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटका अध्यक्ष स्वामी ऋषिप्रपन्नाचार्यको अध्यक्षतामा बिहिबार उपस्थित भेला एवं कार्यसमितिको बैठकले यहि फागुन ९ गतेदेखि १५ गतेसम्म पञ्चकोट महायज्ञ सञ्चालन गर्ने निर्णय गरेको हो ।

फागुन ९ गतेलाई पञ्चकोटको बार्षिकोत्सबका रुपमा मनाउँदै पाचौं पञ्चकोट महायज्ञको आयोजना गरिएको संस्थाका महासचिब माधव प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।

म्याग्दी, पर्वत र बागलुङमा प्रचार–प्रसारका लागि विभिन्न क्षेत्रगत रुपमा प्रचार–प्रसार संयोजक तोकी महायज्ञको प्रचार–प्रसारको जिम्मा लगाइएको बा.न.पा.६ का वडा अध्यक्ष एवं पञ्चकोटका उपाध्यक्ष खिमराज सापकोटाले बताउनुभयो । त्यस्तै महायज्ञका लागि आवश्यक अन्य तयारीका लागि सबै विषयगत समितिलाई जिम्मा लगाइएको उहाँले जानकारी दिनुभयो ।

अनन्तश्री विभूषित मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य (मुक्तिनाथबाबा) को अगुवाईमा १०८ फिट अग्लो विश्वशान्ति कलशका साथै अनेकौं धार्मिक संरचना निर्माण गरी धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास गर्ने उद्देश्यका साथ २०७१ सालदेखि बर्षेनी महायज्ञ संचालन हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung