१२ कार्तिक २०८३, बुधबार

 

डिएसपी राणाको विदाई

बागलुङ । बागलुङ जिल्ला प्रहरी कार्यायलमा कार्यरत डिएसपी बालनरसिँह राणाको एक कार्यक्रम बीच विदाई गरिएको छ ।
लामो समयदेखि बागलुङ जिल्लामा कार्यरत रहेका उनको सरुवा भएपछि बागलुङ उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरी विदाई गरेको हो । डिएसपी रानाको बालाजु प्रहरी बृत्तमा सरुवा भएको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेप्ठ (बासु), बागलुङ उघोग वाणिज्य संघको पूर्व अध्यक्ष बसन्तकुमार श्रेष्ठ, बागलुङ उघोग वाणिज्य संघको अध्यक्ष युवराज राजभण्डारी लगायतले उनको थप प्रगतिको कामना सहित विदाई मन्तव्य व्यक्त गरेका थिए ।


डिएसपी राणाले बागलुङ जिल्लाको आफ्नो बसाई सुखद रहेको बताए । उनले यहाँ रहेका विभिन्न संघसंस्थाहरुको सहयोग पाएको र सोही अनुसार जिल्लाको शान्ति सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन सकेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung