आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीले कुश्मा र बेनीमा आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।व्यापार व्यवसाय विस्तार तथा प्रबद्र्धन गर्ने क्रममा पर्वत जिल्लाको कुश्मा र म्याग्दी जिल्लाको बेनीमा शाखा कार्यालय विस्तार गरेको हो ।
कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरी अर्यालले गरेका थिए । सो अवसरमा बोल्दै डा. अर्यालले न्यूनभन्दा न्यून आय भएका शहरी तथा ग्रामिण भेगमा बसोबास गर्ने व्यक्तिहरुको जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु कम्पनी मुख्य उद्देश्य रहेको र सोही अनुरुपको कार्य गर्नका लागि कम्पनी सदैव तयार रहेको जानकारी बताए ।
यसैबीच बागलुङ शाखामा पनि आफ्ना अभिकर्तासँग भेटघाट तथा बागलुङ बजारको बीमा बारेमा जानकारी लिएका थिए । आफूहरु ब्राण्डकै रुपमा अगाडी बढेका कारण देशकै ठूलो ब्राण्ड र शाखा विस्तार गरी हरेक नागरिकलाई बीमामा आकर्षित गर्ने योजनाका साथ अगाडी बढेको उनले बताएका थिए ।
कम्पनीले हाल ६९ स्थानबाट आफ्नो शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ । कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण लगायतक बीमा योजनाहरु ल्याएको छ । सो अवसरमा कम्पनीका सहायक महाप्रबन्धक दिनेश अमात्य, प्रदेशिक प्रमुख तथा सन्बन्धीत शाखाका शाखाप्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।

































































































































































































