१२ कार्तिक २०८३, बुधबार

 

अमृतजोशी स्मृति प्रतिष्ठानद्वारा ११ जना सम्मानित

पर्वत । पर्वतका ऐतिहाँसिक धरोहर, सामाजिक अगुवा एवं राजनीतिज्ञ अमृतप्रसाद जोशीको ११ औँ स्मृतिदिवस विभिन्न कार्यक्रमको आयोजना गरी बनाइएको छ ।

अमृत जोशी स्मृति प्रतिष्ठानको आयोजनामा ११ औँ स्मति दिवसको अबसरमा उत्कृष्ठ नतिजा ल्याउने ९ जना विद्यार्थीहरुलाई सम्मान गरेको हो । साथै साहित्यकार शान्तीनारायण् श्रेष्ठ र नेपाली काँग्रेसका क्षेत्रीय सभापति क्याप्टेन धनवहादुर थापालाई समेत समेत सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै अमृतजोशी स्मृति प्रतिष्ठानका प्रमुख संरक्षक एवं पूर्वसाँसद अर्जुनप्रसाद जोशीले अमृतप्रसाद जोशी सबैका लागि खुल्लाकिताव रहेको बताए।

आफ्ना वुवा अमृतप्रसाद जोशीले समाजका लागि गरेको योगदानका कारण अहिले पनि पर्वतवासीहरुले उहाँकोमुक्तकण्ठले प्रसंसा गर्ने गरेको उल्लेख गर्दै उहाँकै प्रेरणले आफुपनि समाजप्रति उत्तरदायी भई लागिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung