लोक सेवा आयोगले १९१ जना नायब सुब्बाका लागि आवेदन माग गरेको छ।
गोरखापत्र दैनिकमा विज्ञापन प्रकाशित गर्दै लोकसेवाले देशका विभिन्न कार्यालयका लागि कर्मचारी माग गरेको हो।
दरखास्त दिने म्याद आगामी माघ १५ गतेसम्म छ।
धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत र दिपायलस्थित लोकसेवा कार्यालयमा विभिन्न पदमा दरखास्त आह्वान गरिएको हो।



















































































































































































































