सुरेश छन्त्याल ।
बागलुङको गलकोट नगरपालिका १० पाण्डबखानीमा वास सम्बन्धी बैठक सम्पन्न भएको छ ।
गलकोट नगरपालिका नगर सभाका सदस्य तथा वडा नम्बर १० का वडा सदस्य राधिका पुनको अध्यक्षतामा बसेको बैठक पुर्ण सरसफाइ उन्मुख क्षेत्र निर्माण,घरदुरी तहको अनुगमन टोल शिक्षा,विद्यालय सरसफाई शिक्षा, कुखुरा कुकुर जस्ता घर पालुवा पशुपंक्षी व्यवस्थापन गर्ने निर्णय भएको गलकोट नगरका वास संयोजक दुर्गा छन्त्यालले बताए ।
त्यस्तै गलकोट नगरपालिकाबाट छुट्टयाइएको रु.५० लाखबाट पाण्डबखानी देखि रमुवा सम्मको मोटरबाटो सडक स्तरउन्नतीको लागि गलकोट नगरपालिकाबाट छुट्टयाइएको बजेटबाट मोटरबाटो मर्मत तथा नालीसहित ८ मिटर चौडाइ फराकिलो गर्ने, नाली काट्ने, सोलिङ गर्ने कामलाई तिव्रता दिइरहेको सडक विस्तार समितिका अध्यक्ष रामप्रसाद छन्त्यालले बताए ।
पाण्डबखानीबाट हटिया जानका लागि करिव साडे ३ घण्टा लाग्ने र अब साडे २ घण्टा वरपर साडे १घण्टा लाग्ने भएको छ ।



















































































































































































































