१२ कार्तिक २०८३, बुधबार

 

मालढुंगामा पिकअप जीप र ट्याक्टर ठोकियो, ५ जना घाइते

पर्वत । पोखरा बेनी सडकखण्डको मालढुंगामा आज विहान सवारी दुर्घटना भएको छ ।

कुश्मादेखि बेनी जाँदै गरेको ट्याक्टर र बेनीदेखि पोखराका लागि हिडेको पिकअप जीप मालढुंगाको श्रमिक प्रावि नजिक दुर्घटना भएको हो । दुर्घटनामा परी ५ जना घाइते भएका छन् ।

ध १ त ३६६ ट्याक्टर र ग १ ज ६५९१ जीप एक आपसमा ठोएिको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठले बताए ।
बाटो साँघुरो भएका कारण दुर्घटना हुन पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेहरुको अवस्था भने सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung