१ जेष्ठ २०८१, मंगलवार

 

विश्वकै धनाढ्य व्यक्ति जेफ बेजोसले गरे सम्बन्ध विच्छेद

विश्वकै बहुमूल्य कम्पनी अमेजनका कार्यकारी अधिकृत जेफ बेजोस र उनी श्रीमति मेकेन्जी बेजोसबीच सम्बन्ध विच्छेद हुने पक्का भएको छ।

विवाह भएको २५ वर्षपछि दुवै सम्बन्ध विच्छेदको लागि तयार भएका हुन्। दुवैले सम्बन्ध विच्छेद गर्न आफूहरु राजी भएको ट्वीटरमार्फत जनाएका छन्।

एक बयानमा दुवैले भनेका छन्,‘लामो समयसम्म एक आपसमा प्रेममा रहेपनि हामी सम्बन्ध विच्छेदका लागि तयार भएका छौं। आगामी दिनमा हामी असल साथीको रुपमा रहनेछौं।’

गत सोमबार मात्र अमेजन कम्पनी विश्वकै सबैभन्दा बहुमूल्य कम्पनी बनेको थियो। कम्पनीका कार्यकारी अधिकृत जेफ बेजोस विश्वकै धनाढ्य व्यक्ति हुन्।

ब्लुमबर्गका अनुसार उनीसँग व्यक्तिगत १ सय ३७ अर्ब अमेरिकी डलर सम्पत्ति छ।

५४ वर्षिया बेजोसले २५ वर्षअघि अमेजन कम्पनीको सुरुवात गरेका थिए। यतिबेला उक्त कम्पनी अनलाईन व्यापारको सबैभन्दा विशाल कम्पनी मानिन्छ। यस कम्पनीले विश्वभर आफ्नो सन्जाल बनाएको छ।

४८ वर्षिया मेकेन्जी साहित्यकार हुन्। उनले सन् २००५मा द टेस्टिङ अफ लुथर र सन् २०१३ मा ट्रेप्स नामक पुस्तक लेखेकी थिइन्। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्