२३ असार २०८२, सोमबार

 

विहुँकोटका दुई सय घरपरिवारलाई आधुनिक चुलो वितरण

बागलुङ । काठेखोला गाउँपालिका ५ विहुँकोटका २ सय घरपरिवारलाई आधुनिक चुलो (रकेट ग्याससिफाएर चुलो) विरतण गरिएको छ ।
वडा अध्यक्ष शिवप्रसाद कडेंलको संयोजक्त्व मा दुई सय घर परिवारलाई उक्त चुलो वितरण गरिएको हो ।

अध्यक्ष कडेँलले उक्त चुला धुवारहित भएका कारण स्वास्थ्यका हिसाबले धेरै नै फाइदा जनक रहेको बताए । उनले गाउँमा चुलोको माग यति धेरै होला भन्ने आफूले महसुस नगरेको बताउँदै यसको प्रयोगले कम दाउरा खपत गर्ने छिटो र छरितो धुवांरहित भएकाले स्थानियबासीलाई सहज हुने विश्वास लिएको बर्ता ।


बजार चुलो प्रत्येक थान रु २५ सय देखि ३ हजारसम्म बिक्रि भएको बताउदै अहिले जनतालाई रु ५ सयमा वितरण गरेको उनले बताए । जुन कम्पनीको रेट हो हामीले अनुदान हिसाबले नै बितरण गरेका छौ उनले भन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung