सेञ्चुरी बैंकले बागलुङ उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुलाई एक कार्यक्रमको बीच बधाई तथा शुभकामना दिएको छ । शुक्रकार बैंककै कार्यालयमा शुभकामना तथा बधाई ज्ञापन कार्यक्रमको आयोजना गरी शुभकामना तथा बधाई दिएको हो ।
बैंकका शाखा प्रमुख दिपक शर्माले बागलुङ उद्योग वाणिज्य संघ अध्यक्षसहितका पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई खादा ओडाएर बधाई तथा शुभकामना दिएको हो ।सो अवसरमा उवासंघ बागलुङका अध्यक्ष युवराज राजभण्डारीले आफूले जिल्लाको विकासको लागि बैंकहरुसंग सहकार्य गरेर अगाडि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

जिल्लाको आर्थिक क्षेत्रको विकासको लागि बैंकको हात हुने भन्दै उद्योग व्यापारी लगायत उपभोक्ताहरुको स्तर विकास गर्नको लागि बैंकको भूमिका रहने बताए ।सोही कार्यक्रममा बैंकका शाखा प्रर्बद्धक शर्माले बैंकबाट हुने सेवा प्रवाहका बारेमा जानकारी गराएका थिए ।
बैंकको ‘सी फाइभ’ सेवा
सेञ्चुरी बैंकले स्मार्ट सेवासहित आफ्नो सेवा बागलुङमा विस्तार गरेको छ ।बैंकको ‘सी फाइभ’ योजना अनुसार निशुल्क अनलाइन सेवा, ३ लाखसम्मको निक्षेप सुरक्षा विमा, रु ५ मा खाता र ६.५ प्रतिशत व्याज सहितको सेवा बागलुङमा विस्तार गरेको हो । साथै २ सय ५० मा पाँच वर्षसम्मको लागि एटिएम कार्ड पनि उपलब्ध गराएको छ ।

डिजिटल भुक्तानी
सेन्चुरी कमर्सियल बैंक र खल्ती डिजिटल वालेटबिच मोबाईल भुक्तानीका लागि सम्झौता भएको छ ।यस सम्झौता अनुसार सेन्चुरी बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सुविधा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइल बाटै भुक्तानी गर्न सकिने छ ।


































































































































































































