२५ असार २०८२, बुधबार

 

बागलुङ जेसीजको अध्यक्षमा शाक्य

बागलुङ जेसीजको अध्यक्षमा एन्जिल शाक्य सर्वस्मत चयन भएको छ ।बागलुङ जेसीजको ४१ औ शाखा अधिवेशनले नयाँ कार्यसमिति चयन गर्नुको साथै विभिन्न प्रस्तावहरू पास गरेको छ ।कार्यसमितिको कार्यकारी उपाध्यक्षमा आकृति भण्डारी ,प्रकाश आचार्य उपाध्यक्षमा साधना पन्त ,रामचन्द्र गौतम ,सुशान्त कृष्ण श्रेष्ठ ,शिव केसी निर्देशकमा अन्जिला श्रेष्ठ ,गणेश महतो महासचिवमा सौरभ श्रेष्ठ ,कानुनी सल्लाहकारमा बलबहादुर थापा ,कोषाध्यक्ष अमर थापा सहसचिवमा तारा शर्मा ,सहकोषाध्यक्षमा सुदिप सागर कडेँल ,तालिम संयोजकमा आनन्द प्रसाद रेग्मी चयन भएका छन ।

उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि पुर्व अध्यक्ष केशव वझाले बागलुङ जेसीजलाई युवाहरूको सशक्त संगठन बनाउनु पर्ने विचार व्यक्त गरे ।कार्यक्रममा पुर्व अध्यक्षहरू गगनलाल शाक्य र सुदिप राजभण्डारीले शुभकामना मन्तव्य व्यक्त गरेका छन ।कार्यक्रमको अध्यक्षता अध्यक्ष लालकुमारी बस्नेत अम्बिका ,स्वागत निर्वतमान अध्यक्ष जोन बज्राचार्य र संचालन महासचिव एन्जिल शाक्यले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung