५ जेष्ठ २०८१, शनिबार

 

२ सय बढी किसानद्वारा आत्महत्याको चेतावनी

 

बैतुल, भारत । ताप्ती नदीमाथि बनेको ब्यारेजबाट किसानहरुका मोटर कब्जामा लिन खोजिएपछि ठूलो आन्दोलन चर्किएको छ ।

सरकारी टोली किसानका मोटर उठाउन आएपछि २ सय बढी किसान जम्मा भएर सरकारी हस्तक्षेपको बिरोध गरेका हुन ।

नई दुनियाका अनुसार, किसानहरुले आत्महत्याको धम्की दिएपछि सरकारी टोली फर्किएको थियो ।

के हो कुरा ?

मध्य प्रदेशको बैतुल नगरपालिकाले शहरमा खानेपानी आपूर्तिका लागि खेडी गाउँ नजिक ताप्दी नदीमा सात करोड भारतीय रुपैयाँको लागतमा ड्याम बनाएको थियो । यसबाट नदीमा करिब चार पाँच किलोमिटरसम्म तालाब बनेको छ । तर यो पानीलाई सहरमा आपूर्ति गर्ने भन्दै स्थानीय किसानलाई भने उपयोग गर्न बन्द गर्न खोजिएको थियो । किसानहरुले यो तालाबबाट मोटर लगाएर खेतमा सिँचाई गर्न थालेपछि सरकारले मोटर कब्जा गर्ने अभियान चलाएको थियो ।

उता सरकारले भने किसानहरुले मोटर चलाएका कारण पानी संकट हुने बताएको छ । ताप्तीको पानी सकिएको खण्डमा वैकल्पिक उपाय नभएको सरकारी तर्क छ ।

प्रतिक्रिया दिनुहोस्