५ जेष्ठ २०८१, शनिबार

 

नाङ्गै भएर खान पाइने विश्वकै पहिलो रेस्टुरेन्ट बन्द हुँदै

फ्रान्सको राजधानी पेरिसमा रहेको संसारकै पहिलो नांगै खाना खान पाउने (न्युडिस्ट) रेस्टुरेन्ट ‘ओ’नेचुरल’ ग्राहक नपाएर बन्द हुने भएको छ । ‘ओ नेचुरल’ व्यवस्थापनले आउँदो महिना रेस्टुरेन्ट बन्द हुने जनाएको हो । यो रेस्टुरेन्ट १५ महिनाअघि खुलेको थियो ।

सन् २०१६ मा रेस्टुरेन्ट खोल्ने बेला सहसंस्थापक स्टेफानु साडाले आफूहरुले लुगा बिहीन प्रेमी अर्थात नग्नता प्रेमीहरुका लागि ग्यास्ट्रोनोमी अर्थात पाक तथा खानपान कला उत्कृष्ट रुपमा प्रस्तुत गर्न चाहेको बताएका थिए ।

अहिले रेस्टुरेन्टले आफ्नो वेबसाइटमा बन्द गर्नु पर्ने बेला आएको उल्लेख गरेको छ । स्टेफानु र उनका जुम्ल्याहा भाइ तथा साथी व्यवसायी माइकले सेवाग्राही पर्याप्त नभएकाले बन्द गर्नु पर्ने अवस्थामा आएको उल्लेख गरेको द गार्जियनले जनाएको छ । यस्तै मौसम चिसो भएका कारण पनि रेस्टुरेन्ट बन्द हुन लागेको हो ।

यो रेस्टुरेन्ट खुल्ने बेला देखि नै यसको व्यापक आलोचना हुन थालेको थियो । यस रेस्टुरेन्टको प्रमुख विशेषता भनेको यहाँ चेन्जिङ रुम र लकर सुविधा रहेको छ जहान सेवाग्रहिउइले आफ्ना लुगा तथा अन्य मूल्यवान वस्तु  राख्ने गर्दछन् ।

यस रेस्टुरेन्टमा क्यामेरा तथा मोबाइल खाना खाने टेबलमा प्रतिबन्धित रहेका छन् । यहाँ आउने ग्राहकहरूलाई रेस्तुरेंतले भित्र लगाउन आफ्नै चप्पल दिने गरेको छ । यसका सीमित ग्राहकहरू भने यो बन्द हुने समाचारले दुःखित भएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्