१२ कार्तिक २०८३, बुधबार

 

२१ औ भूकम्प सुरक्षा दिवस मनाइयो

बिपदबाट सुरक्षित हुने नागरिक अधिकार पूरा गर्न जिम्मेवार संघ प्रदेश र स्थानीय सरकार भन्ने नारासहित २१ औ राष्ट्रिय भूकम्प सुरक्षा दिवस बागलुङ सदरमुकाममा मनाइएको छ ।

भूकम्पबाट कसरी सुरक्षित हुने भवन तथा घर बनाउने बेलामा जोखिम मुक्त बनाउनु पर्ने जनचेतनामूलक नारा लगाउदै प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख उद्धमी ब्यबसायी र बिद्यार्थी सहितले बागलुङ बजार परिक्रमा गरि जनचेतना जगाउँदै मनाइएको हो ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मुल समारोह समिति बागलुङको आयोजनामा बागलुङ उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल, राष्ट्रिय उपभोक्ता मन्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका अध्यक्ष जब्बरबहादुर लामिछाने, जनवादी गायक जीवन शर्मा, बिद्यामन्दिर माध्यमिक बिद्यालयका प्रधान अध्यापक जगन्नाथ आचायर्, गैरसरकारी संस्था महासंघका मुक्तिराम सापकोटा लगायतका बक्ताहरूले नेपालमा आएको २०७२ साल बैशाखमा गएको बिनाशकारी भूकम्प बाट हामीले धेरै पाठ सिक्नुपर्ने र घर तथा भवन बनाउने बेलामा भूकम्प जोखिम बनाउनु पर्ने धारणा ब्यक्त गरेका थिए ।

कार्यक्रममा भवन डिभिजन कार्यालयका डिभिजन प्रमुख सचेन्द्र देवले भूकम्प बारे कार्यपत्र प्रस्तुत गरेका थिए । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारीले संचालन जिल्ला प्रशासन कार्यालयका सुचना अधिकृत धीरेन्द्र पन्तले गरेका थिए ।

२०७२ सालमा गएको बिनाशकारी भूकम्पबाट बागलुङ जिल्लामा सर्वसाधारणको २३७५ घर क्षति पुगेको अहिलेसम्म २०७० जनाले सरकारले दिने घर बनाउने रकम २०७० जनाले प्रथम किस्ता बापत ७१४ जनाले दोस्रो किस्ता बापत र ४०७ जनाले तेस्रो किस्ता बापतको रकम पाएको देखिन्छ ।

नेपालमा बिनाशकारी भुकम्प पछि भवन तथा घर निर्माण गर्न सरकारले निश्चित मापदण्ड तोकेको भए पनि अहिले त्यो निर्णय पुर्ण रूपमा पालना भएको भने देखिदैन ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung