५ जेष्ठ २०८१, शनिबार

 

ट्रम्पको भान्सामा किन बलेन आगो ? होटेलबाट मगाइएको खानेकुरा खान बाध्य भए राष्ट्रपति !

वासिंगटन । संयुक्त राज्य अमेरिकामा सरकारको कामकाज आंशिक रूपमा ठप्प भएको एक महिना हुन आँटेको छ र राष्ट्रपति निवासमा खाना पकाउने मानिस पनि उपलब्ध नहुँदा राष्टपतिका लागि बाहिरबाट खाना मगाउनु परिरहेको छ ।

मेक्सिकोको सिमानामा बनाइने पर्खालको विषयलाई लिएर राष्ट्रपति र संसदबीच विवाद भएपछि क्रिसमसको यता बजेटको अभावमा सरकारी कार्यालयहरूले दिने अधिकांश सेवा बन्द रहेका छन् ।

यसरी कामकाज ठप्प भएको अवधिको तलब नपाइने भएकाले राष्ट्रपति निवास व्हाइटहाउसका अधिकांश कर्मचारीहरूले जागिर छोडिसकेका छन् ।
उता राष्ट्रपति निवास बाहिर संघीय सरकारका कर्मचारीहरू प्रदर्शनमा उत्रिएका छन् ।

सीएनएनका अनुसार राष्ट्रपति कार्यालयका भान्सेको समेत जागिर गइसकेकाले राष्ट्रपति निवासभित्र खाना पकाउने मान्छे उपलब्ध छैनन् । सीएनएनले राष्ट्रपति डोनाल्ड ट्रम्पले बाहिरबाट मगाएर खाना खाइरहेको समाचार प्रकाशित गरेको छ ।

समाचारमा ट्रम्पले अमेरिकी कलेज फुटबल च्याम्पियनसिप विजेता टीम क्लेमसन टाइगर्सको सम्मानमा दिवाभोज दिएका थिए । तर अन्तिम समयमा प्रमुख भान्से लगयत अन्य भंसेहरू विदामा बसिदिएपछि पाहुनाहरूका लागि होतेल्बता खाना मगाइएको थियो ।

राष्ट्रपतिले उक्त अर्डर आफ्नै निजी खर्चमा गरेको बताइएको छ । राष्ट्रपतिको पर्खाल बनाउने योजनाका लागि डेमोक्र्याट बहुमत रहेको सिनेटले बजेट उपलब्ध नगराएपाची राष्ट्रपतिले सामान्य खर्चको निम्ति समेत खर्च प्रमाणीकरण गर्न अस्विकार गरेका थिए । एजेन्सी

प्रतिक्रिया दिनुहोस्