१२ कार्तिक २०८३, बुधबार

 

रेडक्रस हटिया उपशाखाको साधरणसभा सम्पन्न

बागलुङ । पिडामा मलम लगाउने काम नेपाल रेडक्रस सोसाईटी गर्ने गरेको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटी उपसाखा हटियाको १८ औ बार्षिक साधारण सभाको अवसरमा बोल्दै गैरेले यस्तो बताउनुभएको हो । नगरप्रमुख गैरेले पिडितको नजिक रहेर काम गर्ने संस्था नेपाल रेडक्रस सोसाईटी भएको उल्लेख गर्दै पिडामा परेकाहरुले समेत रेडक्रसको नाम लिने गरेको बताउनुभयो ।

उहाँले मानव सेवाको रुपमा तत्पर भएर काम गर्ने संस्थामा समेत राजनिति मौलाईरहेको भन्दै मानव सेवामा राजनिति मिसाउनु आफैमा दुखको बिषय भएको उल्लेख गनुभयो । गैरेले आजभोलि जुनकुनै संद्य, संस्था देखि गाउघरमा भएका क्लबमा समेत निर्वाचन हुदाँ राजनिति हुने गरेको प्रति आपति जनाउनुभयो ।

उहाँले हटिया साखाले दुखमा परेका जनतालाई गरेको सेवा प्रति प्रसंसा गर्दै यसलाई ब्यवस्थापन गर्नका लागी नगरपालिका सकरात्म रहेको उल्लेख गनुभयो । कार्यक्रममा नेपाल रेडक्रस साईसाईटीका जिल्ला उपसभापति राम बहादुर केसी, काडेबास मल्म उपसाखाका सभापति डोल बहादृुर केसी, समितिका सल्लाकार संयोजक बिष्णु रेग्मी, गलकोट बहुमुखि क्यापसका स्ववियु सभापति गुमानसिह भण्डारी लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।


साधारण सभामा संस्थाका सचिव नवराज गौतमले प्रगति प्रतिबेदन र कोषाध्यक्ष कृष्ण कुमार सुवेदीले आर्थिक बर्ष २०७४, ०७५ मा ३७ हजार ५ सय २२ आम्दानी र ३७ हजार ५ सय २२ रुपियाँ बराबरको खर्च सार्वजनिक गनुभएको थियो ।

संस्थाले आगामि दिनमा आजिवन सदस्य संस्था ३ सय ५० वाट बृद्धि गरि ५ सय पुर्याउने, स्थानिय तह, स्थानिय स्वास्थ संस्थाहरु, स्थानिय सामाजिक संद्य संस्थाहरु, बिदेशमा कार्यरत नेपालिहरुसँग सहकार्य गरेर एम्बुलेन्स खरिद गर्ने र स्वास्थ शिबिर सञ्चालन गर्ने जनाएको छ ।


कार्यक्रम नेपाल रेडक्रस सोसाईटी उपसाखा हटियाका सभापति कृष्णप्रसाद गौतमको अध्यक्षता, बल बहादुर खत्रीको स्वागत मन्तब्य, सचिव नवराज गौतम र सदस्य ढालिन्द्रप्रसाद गौतमको सञ्चालनमा सम्पन्न भएको थियो । सो अवसरमा आजिवन सदस्यहरुलाई प्रमाण पत्र समेत बितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung