
काठमााडौं । भोजनलाई स्वादिलो बनाउनुका अलवा जिरालाइृ आर्युवेदिक औषधीका रुपमा पनि प्रयोग गरिन्छ । अझ शरीरको मोटोपना घटाउनमा त जिरा रामबाण नै हो ।
यस्ता छन् जिरा सेवनका फाइदा
क्याल्सियम, फस्फोरस, लगायतका तत्वका लागी जीरालाई हीराकै रुपमा हेरिन्छ । विभिन्न अध्ययनहरुका अनुसार नियमित जीराको सेवनबाट शरीरको बोसो र मोटोपन निरन्तर घट्दै जाने देखिएको छ ।
- राती सुत्नु भन्दा पहिले एक चम्चा जिरा र एक गिलास पानीलाई भिजाएर राख्नुहोस । बिहान उठ्ने बित्तिकै यसलाई पिउनुहोस् र बँचेका जिराका गेडा पनि टोक्नुहोस् यसले धेरै फाइदा मिल्छ ।
- नियमित यसको सेवनले शरीरको अनावश्यक तत्व बाहिर निस्किन्छ । याद राख्नुहोस् जिरा सेवन गरेको करिब आधा घण्टासम्म केही पनि नखानुहोस ।
- हींग, कालो नुन , र जीरा समान मात्रामा मिलाएर चूर्ण बनानुहोस । बनीसकेको चुर्णलाई आधी आधी दहीमा मिसाएर नियमित खानुहोस् । जस्ले तपाईलाई मोटोपनाबाट टाढा राख्छ ।
- जीराको नियमित सेवनले तपाईका रक्त धमनीलाई सफा राख्छ । र तपाई तन्दुरुस्त देखिनुहुनेछ ।