काठमाडौं, माघ ८ । बाटोमा हिँड्दै गर्दा चक्लेट, बिस्कुट, गुट्खा आदिका खोल जथाभावी फ्याँकेमा कारवाही हुने भएको छ । काठमाडौं महानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कडा कारवाही गर्ने भएको हो ।
महानगरपालिकाले यसरी जथाभावी सडकमा फोहोर फाल्नेलाई ५० हजारसम्म जरिवाना गर्ने बताएको छ । फोहोरमैला व्यवस्थापन ऐनअन्तर्गत ५ हजारदेखि ५० हजारसम्म जरिवाना हुन सक्ने महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले बताए ।
फोहोरलाई व्यवस्थापन गर्नका लागि महानगरले विभिन्न स्थानमा स्मार्ट डस्टबिन राख्न शुरु गरिसकेको छ ।























































































































































































