५ जेष्ठ २०८१, शनिबार

 

जब महिलालाई कुटपिट गर्दै जिउँदै चितामा राखियो…

विवाह गरेको १० वर्षसम्म पनि बच्चा नजन्माएको भन्दै भारतको बिहारमा एक महिलालाई आफन्तले जिउँदै जलाउने प्रयास गरेका छन्।

बिहारको भोजपुरस्थित सोन नदीको किनारमा सोमबार साँझ रवीन्द्र ठाकुरकी पत्नी पुतुलदेबीलाई कुटपीट गर्दै आफन्तले जिउँदै चितामा राखेर जलाउने प्रयास गरेका हुन्।

जिउँदै जलाउने प्रयास भइरहेको अबस्थामा प्रहरीले ती महिलाको उद्धार गरेको समाचार स्थानीय प्रभात खबरले फोटोसहित छापेको छ।

खोलामा शौच गर्न गएको बेला स्थानीय मंजित तिवारीले जिउँदै महिलालाई जलाउने प्रयास भइरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।

महिलाका दाई गणेश ठाकुरका अनुसार बच्चा नजन्माएको आरोपमा पटक पटक आफन्तले बहिनीमाथि कुटपीट गर्दै आएका थिए।

कुटपीटपछि महिला बेहोस भएकी थिइन्। त्यसपछि उनलाई चितामा राखेर जलाउने प्रयास गरिएको हो। पीडित महिलाको सन्देश रेफरल अस्पतालमा उपचार भैरहेको छ।

 

घटनापछि पीडित महिलाका आफन्त फरार छन्। महिलालाई जिउँदै चितामा राखेर जलाउने प्रयास भइरहँदा करिब एक दर्जन स्थानीय खोलामा भेला भएका थिए।

प्रतिक्रिया दिनुहोस्