१६ चैत्र २०८०, शुक्रबार

 

नारायण गोपाल अर्थात गायक ,प्रेमी र स्वाभिमानको शिखर

नारायणगोपाल गुरुवाचार्य , गुरु वा आचार्य?
यो सहजै अनुमान गर्न सकिने विषय हो, नारायणगोपाल यदि गायक नभइ दिएको भए के हुन्थे, धेरैले भन्न सक्दैनन् । तर जसले नारायण गोपाललाई साक्षात् देखेका वा भेटेका छन्, उनको अजङ्गको शरीरलाई आखाँ वा हातले नजिकबाट छोएका छन्, तिनल अवश्य भन्ने छन् उनी पहलमान हुन्थे वा पहलमानका गुरु हुन्थे । तिर आज उनी गुरु भए सङ्गीतका , सङ्गीतको इतिहासका अनि गायन कलाका ।

उनले कुनै सङ्गीत विद्यालयबाट गायनमा आचार्य वा विद्यावारिधि गर्न पाएनन् तर उनको गायकीमै आचार्यपन छ, जुन शाश्वत सत्य हो । धेरै गायक उनलाई पछ्याउँदै दीक्षित भए, आचार्य भए तर उनी सदैव नेपाली सुगम सङ्ीतका आचार्य नै रहे । दोस्रो कुरा नारायण गोपाल गायक नभएको भए उनी इतिहासका प्राध्यापक हुन्थे । र कुनै विद्यालय वा महाविद्यालयमा इतिहास पढाइ रहेका हुन्थे ।

भनिन्छ, नेपाली सुगम सङ्गीतको इतिहास सही मानेमा नारायण गोपालको जन्मअघि र जन्मपछि सँग जोडिएर लेखिनेछ । आज त्यस्ते भएको छ ।नारायण गोपालको नाउँबाट नेपाली सङ्गीतको स्वर्णिम युग सुरु भएको छ , विक्रमाब्द २०१८ सालपछि । यसअघिको गायन रेडियोको शैली गायन अनि तिनलाई पछ्याउँदै ३ मिनेट ग्रामोफोन गायनमा केन्द्रित थियो ।

नारायण गोपालले रेडियो नेपालमा स्वर परीक्षा दिन हिन्दी गीन गाउन मानेनन् । त्यो बेला हिन्दी गीत गाउने चलन थियो । प्रेमध्वज प्रधानले तलत हमुदको दिल ए नादाँ को जिन्दगी देने वाले गाएका थिए भने बच्चुकैलाशले हेमन्तकुमारको हिन्दी गीतको स्वर परिक्षा दिएर प्रवेश गरेका थिए । नारायण गोपालले राममान तृषितको रचना प्रेम माणिकको सङ्गीतमा पङ्ख , गीत गाएर रेडियोमा प्रवेश गरेका थिए । यो नै नारायण गोपालको पहिलो गीत थियो रेडियोमा ।

तर मञ्च नारायण गोपालको लागि पहिले नै लोकप्रिय भइसकेको थियो उनले नेवार भाषामा झिगु म्येमा गीत गाएर मञ्चमा चढिसकेका थिए ।
नारायण गोपालको युग भन्ने बित्तिकै नेपाली सङ्गीतमा उनको गायनको युगलाई मानिन्छ, उनको गायनको पहिलो युग प्रेम माणिकसित सुरु भयो ।

पहिलो युग
नारायण गोपालको गायनको युग सुरु भयो त्यति वेला उनीसित प्रमध्वज प्रधान, मणिकरन्न स्थापित , भृगुराम श्रेष्ठ, दर्गालाल श्रेष्ठ, राममान तृषित आदि सहभागि थिए । गीतकारको रुपमा रत्नशमशेर थापा पनि यही बेला जोडिए र उनकै छ गीत कोलकत्तामा रेकर्ड गराएर नारायण गोपाल नेपाली सङ्गीतमा प्रवेश गरे, स्वर्गकी रानी, आँखाको भाका आँखाले , भो भो मलाई नछेक , ए कान्छा ठट्टैमा बैँस जान लाग्यो आदि त्यस वेला रेकर्ड थिए ।

नारायणगोपालको जीवनमा ५ क

नारायण गोपालको जीवनमा पाँचवटा कले फरकफरक अर्थ राख्छ , कलकत्ता, काठमान्डु, कोमलध्वज , किलागल र कान्छा । किलागल जहाँ उनको जन्म भयो, यो जन्मस्थानले उनको जीवन सही अर्थ ल्यायो नेपाली आधुनिक सङ्गीतमा नारायण गोपालको गायनले किला नै गाड्यो र उनको अगाडि स्रोतादर्शक गले नै ।

उनका पिता उस्ताद आशागोपाल गरुवाचार्य जो राणाकालमै मकवानपुरका ठेकेदार थिए, अग्ला र खाईलाग्दा आशागोपालको खुट्टाको साइजको जुत्ता नेपालमा नपाइने भएर आफ्ना साथी उस्ताद रामप्रसाद रायको सल्लाह र सहयोगमा कोलकत्तामा जुत्ता सिलाउन जान्थे जहाँ पछि नारायण गोपालले आफ्नो जीवनका सर्वाधिक लोकप्रिय गीत रेकर्ड गराउन गए ।

  • कोलकत्तामै उनको चलचित्रको पहिलो गीत बुझ्नै सकिनौ तिमीले आँखाको भाका, रेकर्ड गरा ए भने त्यसपछि कान्छीका अजर अमर गीत पनि त्यही रेकर्ड गराए । बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा गीत रेकर्ड गराउन दिलमाया खातीलाई लिएर पनि उनी कोलकत्ता नै गए । काठमाडौँ जहाँ उनको जीवनको सर्वाधिक समय बित्यो , बाल्यकाल, युवाकाल र अन्तवेला।

यी तीनै समय नारायण गोपालका वरिपरि शुभेच्छुक, साथीभाइ र सारथिको भीड नै रह्यो ,यही भीडले उनको महायात्रालाई नेपाली जन समाजमा ऐतिहासिक बिदाई दियो, २०४७ मंसीर १९ गते । उनको जीवनको सर्वाधिम सफल एकल साँझ पनि काठमाडौको कमलादीस्थित नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमै भयो जेठ ९ गते २०४६ सालमा । यो कुनै नेपाली कलाकारको आजसम्म भएको पहिलो यतिविध्न सफल कार्यक्रम मानिन्छ  र यो राष्ट्रिय घटना मानिन्छ ।

कोमलध्वज अधिकारी नामक व्यक्ति उनको घरछेउमा डेरा गरेर बस्न आउका कारण नारायणगोपाल गुरुवाचार्यको घरमा सितारले प्रवेश ग¥यो र उनको घरमा व्यापारिक कुराको हिसाबकिताबको बदला साङ्गीतिक झङ्कार गुन्जियो । कोमलध्वजकै प्ररणाले उनका पिता आशागोपाल गरुवाचार्य पछि सितारवादनमा लागे । त्यसपछि पहिलो नेपाली महिला गायिका मेलवादेवी मानन्धरका पति भगतकृष्ण मानन्धर र उनको साङ्गीतिक ताल सुरु भयो ।

भगतकृष्ण, उस्ताद उजीर तण्डुकार, उस्ताद साइँला अर्थात् अष्टमान श्रेष्ठको आगमनपछि नारायण गोपालको कानमा हिज मास्ट्र्स भ्वाइसका रेकर्ड गुञ्जिन थाले । उस्तद साँइलाको ख्याति र व्यक्तित्वले नारायण गोपालभित्रको गायकलाई खिँच्यो मात्र भन्न मिलेन जसरी साइँलाकाजी चन्दनी उकालीमा गएर उस्ताद साइँला साँच्चै नामले र कामले साइँला भएका थिए त्यसरी नै ए कान्छा ठट्टैमा यो बैँस जान लाग्यो गाएर घरको माइलो छोरो नारयणगोपाल नेपाली सङ्गीत समाजमा कान्छा गायकको उपनामले प्रसिद्ध भए भने पछि यिनै गायक रेडियो नेपालमा क श्रेणीका गायक भए ३ मिनेट ३६ सेकेण्डको गीतमा सात मिनेट लामो फर्मायसको सुची पाएपछि ।

किलागलबाट सुरु भएको उनको साङ्गीतिक जीवनमा कोलकत्ताले गायकीको जीवन जोड्यो भने रेडियो नेपालले क श्रेणीको पहिचान दियो । २०१४ मा कान्छी फिल्मका निम्ति पाएको पहिलो सर्वश्रेष्ठ पाश्र्वगायकको पुरस्कार उनले बहिष्कार नै गरिदिए । यो उनको व्यक्तित्वको साहसिक परिचय थियो ।

नारायण गोपाल राजनीतिमा गएका भए कम्युनिष्टि नै हुन्थे किनकी उनको जीवनमा पहिलो राजनीतिक यात्रा कम्युनिष्ट नेता पुष्पलाल श्रेष्ठबाट सुरु भएको थियो जुन उनले तत्कालै त्यागि दिए र उनी राजनीतिक छविबाट अलग भए । मञ्चमा गीत गाउनुअघि नारायणगोपालले आफ्नो साङ्गीतिक जीवन लहरीमा गीत गाएर सुरु गरेका थिउ ।

त्यो लहरी थियो कमरेड पुष्पलाल श्रेष्ठको चुनाव अभियान जनताकै सरकार, हाम्रो नेता पुष्पलाल भन्ने गीतमार्फत । खुल्लामञ्चबाट सुरु भएको त्यो उनको गायन यात्रा त्यति खुल्ला माहौलमा आउन नपाउँदै सेलायो तर उनका अर्काे सहयात्री कवि गितकार दर्गालाल श्रेष्ठलाई कमरेड पुष्पलाले पार्टी कार्यालयमा बोलाएर जनकविको पदवी त्यही वेला दिए तर नारयण गोपालले आफ्नो जीवनको अर्काे कलाई जीवनको कलर बन्न दिएनन् । लहरीका गीत गाएर सुरु गरेको उनको गायन लहडमा सकिएन जुन कुरामा उनका पिता सदैव चिन्तित थिए ।

विवाहपछिको चक्र

नारायण गोपालको गायनको दोस्रो युगमा उनीसित जोडिन आए, दुई गीतकार कवि ईश्वरवल्लभ दार्जीलिङ पढ्दै गरेका गीतकार नगेन्द्र थापा । नगेन्द्र थापामार्फत उनको दार्जीलिङमा जन्मे हुर्केका सङ्गीतकार गायक गोपाल योञ्जनसित परिचय भयो र उनका फ्यान इश्वरवल्लभमार्फत उनले गोपालसित मीत लगाए , सन् १९६५ मार्चमा दार्जलिङको महाङ्काल डाँडामा मकलमा आगो बालेर । यसका साक्षी थिए कर्म योञ्जन । कर्म योञ्जन र नगेन्द्र थापाकै पहलमापछि नारायणगोपालले भारत दार्जीलिङको सिमानाकी पेमला लामासित विवाह गरे जुन विवाहले नारायण गोपाललाई काठमाडौँबाट दार्जीलिङ,दार्जीलिङबाट पोखरा दौदायो ।

पोखरामा विवाहिक नवदम्पती केही समय कवि भुपी शेरचनको घरमा पाहुना भएर बसेपछि पोखराकै क उद्योगी श्याम कक्षपतिको घरमा डेरा लिएर दुवै पति पत्नीले व्यवसायिक जीवन सुरु गरे गरुको रुपमा । नारायण गोपाल अमरसिंह स्कुलमा इतिहासका गुरु भए पेमला अर्कै स्कुलमा अङ्ग्रेजीका । नयाँ बेहुलाको रुपमा जीवन सुरु गरेपछि नारायण गोपलले पोखरामा किनेको पहिलो चीज थियो भुसे चुल्हो र साइकल ।
साइकल चढेर अमरसिंह बोर्डिङ स्कुलमा इतिहास पढाउन सुरु गरेका गुरुबा नारायण गोपाल गुरुवाचार्यको जीवनको साइकल उल्टा घुम्न थालेपछि काठमाडौँ रहेका दुई साथी गायक मणिकरत्न र अर्का गीतकार नगेन्द्र थापाले नारायण गोपाललाई काठमाडौँ ल्याउने चक्कर मिलाउन थाले ।

एउटा नारायणगोपाललाई जागीरको खोजी र उनका पिता उस्ताद आशागोपालसित शान्तिवार्ता ।

यी दुवै काम सफल भएपछि नारायणगोपाल काठमाडौँ खाए पोखराबाट ।होटल पारसमा गायक मणिकरत्नको सौजन्यमा रेडियो नेपालका पुर्व निर्देशक जनार्दन समसित नारायण गोपालको साँस्कृतिक संस्थानमा जागीरेको जीवन बन्यो । उनले बाद्य वादकका रुपमा साँस्कृतिक संस्थानमा चिन्तित त्यहाँका अन्य कर्मचारी नारायणगोपाल कामु महाप्रबन्धक भएपछि झन् तर्सिए ।

नारायण गोपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा त्यहाँ उनका सहायकका रुपमा इन्द्रनाथ तिमिल्सेना , मदन लामा आदि थिए भने कलाकारका रुपमा भुवन चन्द, सुभद्र अधिकारी, रवि शाह, कृष्णा प्रधान , विमला श्रेष्ठ , हरिप्रसाद रिमाल, हरिवंश आचार्य , वसुन्धरा भसाल आदि कार्यरत थिए । नारायण गोपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा नै नाटक देखाएर उठाएको पैसाले कार किनेका थिए, त्यो नाटकको नाम थियो , क्रशमा टाँगिएको जिन्दगी ।

त्यति वेला नारायण गोपालको महाप्रबन्धकको पद नै क्रशमा झुण्डिसकेको थियो । नारायण गोपाल सांस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा उनको जीवनमा ठुलो धक्का त्यति बेला लाग्यो जतिवेला उनले दसैको मुखमा चालिस जना कलाकारको जागिर खोस्नुप¥यो। यो घटनालाई लिएर काठमाडौँको भित्तामा नारायण गोपाल मुर्दावाद । भन्ने हल्लिएन । यो उनको जीवनको मात्र होइन, सांस्कृतिक संस्थानका निम्ति ठुलो चुनौति थियो र उनले सार्थक बनाएर छोडे ।

नारायण गोपाल महाप्रबन्धक हुनेबित्तिकै भुमिगतको हात भनेर दुष्प्रचार सुर भयो । नारायण गोपालले एक साप्ताहिक पत्रिकामा अन्र्वार्ता दिएर भने भुमिगत भनेमो के हो, ज्ञानेन्द्र शाह हो ? म चिन्दिनँ । यो अन्तर्वार्तापछि नारायण गोपाल दरबारको आँखामा झन् खतरनाक देखिए भने चौतरिया र दरबारियाको हालीमुहाली भएको कहा जगत्मा उनी एक्ला भए, टापुमा ।

तर उनले आफ्नो व्यक्तित्वको वैभवले अघि बढाए, नाचघरलाई । उनैले सांस्कृतिक संस्थानको मञ्चमा रिमालको मसान, देवकोटाको मुनामदन बासुशशीको सबथोक गर्नुपर्छ , यी अर्जुनको हाँस्दै जल्नुपर्छ मञ्चन गरे भने दार्जीलिङबाट नयाँ कलाकारलाई बोलार स्मृतिका कोसेली हाम्रा गीतहरु आयोजन गरे ,यही कार्यक्रममार्फत कुन्ती मोक्तान नेपाल आइन् र यही भासिइन् भने यही कार्यक्रममार्फत डैजी बराइली, शङ्कर गुरुङ , पेमा लामा , रिमला मोक्तान, चन्दन लम्जेल आदिले मञ्चमा प्रस्तुति दिए ।

दार्जीलिङसित नेपाली सङ्गीतलाई जोड्नमा धर्मराज थापा , इश्वरवल्लभपछि नारायणगोपालको अतुलनीय योगदान छ, चाहे त्यो गोपाल योञ्जनसित मित लगाएर होस् वा कर्म योञ्जन अरुणा आमालाई नेपाल बोलाएर कार्यक्रम गर्न लगाएर होस् ।स्मरणीय रहोस्, दार्जीलिङमै उनको पहिलो एकल गायनको कार्यक्रम भएको थियो, ब्ल्यू नोट्स विथ नारायणगोपाल भनेर। यसका आयोजक थिए दिव्य खालिङ । दार्जीलिङका प्राय कलाकारसित उनको सहकार्य रह्यो , विशेषत सङ्गीतमा अम्बर गुरुङ शान्ति ठटाल , रञ्जीत गजमेर , कर्म गोपाल, चन्दन लमजेलसित । गायनमा दिलमाया खाती, अरुणा लामा , गोपाल योञ्जनसित । रचनामा नोर्देन रुम्बा, मनबहादुर मुखिया आदिसित ।

कोल्ड बार
नारायण गोपालको जीवनमा अर्काे जोडिने महत्वपुर्ण शब्द कोल्ड बार अर्थात् शीतयुद्ध । शीतयुद्ध उनको प्रेमध्वज प्रधान, माणिकरत्न, रत्नशकशेर थापासित खुब चल्यो, कसैकसैको गीत त पछि मञ्चमा उनले गाउँदै गाएनन् । आफुलाई सैन्डो पलहवान ठान्ने अम्बर गुरुङ र टार्जन ठान्ने नारायण गोपालका बीच नाचघरको चाँगनमा झन्डै कुश्ती नै परेको थियो, अरुणा लामा सहयोग साँझपछि अरुणा लामा सहयोग साँझ गरेर अम्बरले पैसा खायो भनेर नारायण गोपालले भनेको भनेर केही उनका दुश्मनले अम्बरको कान भरेपछि दुइृ पहलमान रिङबिनाको मञ्चमा उत्रिनुपरेको थियो । पछि यसलाई राष्ट्रकवि माधव घिमिरेले साम्य बनाइदिए , मालती मङगलेको रेकर्डिङपछि । उनका मितज्यु गोपाल योञ्जनसित विश्वास फिल्मको अङगअङगमा तरङमा ल्याई गीतको प्राभ्यासको वेला धेरै निर्देशन दिन थालेपछि नारायण गोपालले ल मितज्यू , यो गीत तपाईले नै गाउनुस् भनेर बिदा लिए । त्यसपछि नारायण गोपालले गोपाल योञ्जनका पछिल्ला चलचित्र विश्वास, भुवँरी पहिलो प्रेम, राँको कुनैमा पनि गीत गाएनन् ।

नारायण गोपालको सबभन्दा ठुलो लडाइँ चलेको थियो, उपन्यासकार पारिजातसित । तिनले नारायणगोपाल र गोपाल योञ्जनको मीतज्यु नाइटलाई गाली गरेर बुर्जुवा गीत भनेर समीक्षा गरेपछि नारायण गोपाल कलम लिएर मैदानमा ओर्लिएका थिउ, आफुलार्य तथाकथित बुद्धिजीवी भनिने ए महिला लेखका भनेर उनले गोरखापत्रमा हमला नै गरे । यो घटनापछि पारिजात मौन नै रहिन् र राल्फालीले उनलाई गाउन नदिएको युगकवि सिद्धितरण श्रेष्ठको गीत मेरो प्यारो ओखलढुङ्गा पनि खुल्ला भयो ।

अन्त्यमा नारायणगोपालले गाउन चाहेका र गाउन नचाहेका केही गीतबारे ।

नारायणगोपालले नेपाली भाषाको पहिलो चलचित्र माइतीघरमा पृष्ठगायनमा मौका पाएका थिए तर उनले त्यो गीत गाउन सकेनन् , त्यो गीत थियो किरण खरेलको शब्दमा जिन्दगीलाई जीतले हाइन, हारले स्वागत गरी त्यसपछि सरकारी लगानीमा बनेको दोस्रो चलचित्र परिवर्तनमा बैनीको दया छ भन रोदीघर दाइ नाच्यो नभने गीत अफर आयो । कोलकत्ता पुगेर उनले मयो गीत गाउँदिनँ भनेर अस्वीकार गरिदिएपछि निर्माता निर्देशकको सातो पुत्लो उडेपछि नारायणगोपाललको निम्ति तत्कालै अर्काे गीत जन्मियो , बुझ्नै सकिनौ तिमीले मेरो आखाँको भाका मेरा ।

निर्देशक हीरासिंह खत्रीले उनको आँखाको भाका बझे चेतन कार्कीले लेखे तर चेतन कार्कीकै पहिलो चलचित्र विश्वासमा उनले गीत गाउँदिनँ भनेर रिजेक्ट गरिदिएपछि दुई मीतज्यूको सम्बन्ध सङ्कटमा आइपुग्यो । चौतरीमा राजा भेट भयो भने बोलको गीत उनको हातमा आउपछि उनले गीतकारलाई सीधै थर्काइदिए, भोकै मर्नुपरे पनि म यस्तो गीत गाउँदिन भनेर च्यातिदिए । पछि अर्काे कुनै गायको यो गीत गाएर तक्मा पनि पाए पञ्चायतकालमा ।

नारायण गोपालले जीवनको एक समयमा आफ्नो मातृभाषा नेवार भाषामा केहि गीत रेकर्ड गराउन अपार इच्क्षा गरेका थिए र त्यसका निम्त पत्रीकामा बिज्ञापन दिएर गीत पनि मगेका थिए, केहि गीत आफुले सङगीत गरेका थिए भने केहि गीत द्वारिकालाल जोसिले सङ्गित थालीसकेका थिए । साँखुका कवि गिरिजाप्रशाद जोसी र दुर्गालाल श्रेष्ठ को शब्दमा चारवटा गीतको तर्ज तर्जुमा भइसक्दा पनि ती गीत अवस्थाका कारणले रेकर्ड हुन सकेनन् । तर, कोठामा गरिएको अभ्यासमै ती गीत सुरक्षित रहे ।

नारायण गोपालको एउटा अधुरो सपना थियो, ‘गीतगङ’ नामको एउटा सङ्गीतको विद्यालय खोल्ने वा चलाउने तर त्यो उनी बितेको २४ बर्ष हँुदा पनि सकेको छैन । नारायण गोपालको गायनको युग नेपाली सङगीतको अद्धितीय इतिहास हो तर धेरैलाई थाहा छैन,नारायण गोपालले १६ वर्षको उमेरमा त्याग नामाक नाटकमा अन्धको भूमिका निभाएर मञ्चमा प्रवेस गरेका थिए तर उनैले पछि नेपाली सङ्गीतको आखा खोले बागीन पत्रिकामार्फत जसका उनि पहिला सम्पादक थिए ।

सम्पदक नारायण गोपाल पहलमान हुन टार्जन नामका, उनको साथी ‘तुफान सिंह’सँग उनको सधै वार चलिरह्यो किलागल भर्सेस् जनवहाल । उनि मोटरका मिस्त्री पनि हुन हेटौडाका । उनि जीएम भए, अध्यापक भए तर थिए उनि सच्चा गुरु, सच्चा आचार्य नेपाली सुगम सङ्गीतका ।

काठमाण्डू सेल्फीबाट

प्रतिक्रिया दिनुहोस्