१२ कार्तिक २०८३, बुधबार

 

ताराखोलाका सार्वजनिक स्थलमा सौर्यउर्जा जडान

बागलुङ । जिल्लाको ताराखोला गाउँपालिकाले सार्वजनिक स्थलको सुरक्षाका लागि सौर्यबत्ति जडान थालेको छ ।

गाउँपालिकाले पहिलो चरणमा जिल्लाकै प्रसिद्ध गाईघाट झरनामा सौर्यबत्ति जडान गरेको छ । गाउँपालिका भित्रका सबै सार्वजनिक क्षेत्रमा सौर्य उर्जा पु¥याउने लक्षका साथ गाईघाटमा सौर्यबत्ति जडान गरिएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए ।

गाईघाट झरनासँगै गाउँपालिकाकै तीनचुलेमा रहेको शिवजीको मन्दिरमा पनि सौर्यबत्ति जडान भएको छ । गाउँपालिकाले यस बर्ष सौर्यउर्जा प्रबद्र्धन कार्यक्रमको लागि चार लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung