१२ कार्तिक २०८३, बुधबार

 

बुढाथोकीको हत्यामा संलग्न पाँच जना पक्राउ

बागलुङ । तमानखोला गाउँपालिकाका ३ का ३१ वर्षीय सरोज भनिने शिव बहादुर बुढाथोकिको हत्या भएको रहस्य खुलेको छ । तमानखोला–३ हिलेको पुल मुनि पौष २९ गते खोलामा बुढाथोकीको शव फेला परेको थियो ।

बुढाथोकीको हत्यामा संलग्न रहेको आशंकामा २९ वर्षीय पदम बिक, २० वर्षीय तेजेन्द्र प्रतेल, ४१ वर्षीय मानबहादुर कामी, २८ वर्षीय नरबहादुर सिर्पाली, ३३ वर्षीय देबिलाल टोप्टा संलग्न रहेको आरोपमा प्रहरीले पक्राऊ गरेको छ ।

पक्राऊ परेका अभियुक्तहरुलाई कर्तव्य ज्यान अन्तरगत मुद्धा चलाएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

बुढाथोकीलाई गुराँसको लाठीले हानी हत्या गरेको रहस्य खुलेको छ । घट्नालाई ढाकछोप गर्नको लागि मृतकले लगाएको ज्याकेट समेत जलाईदिएको प्रहरीले सार्वजनिक गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung