१२ कार्तिक २०८३, बुधबार

 

बागलुङ नगरमा खानेपानीको साधारणसभा चैतमा हुने

बागलुङ । बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बागलुङ नगर क्षेत्रका उपभोक्तालाई नयाँ योजना बाट खानेपानी अहिले अपुग भइरहेको पानीको समस्या समाधान हुने बताए ।

धौलागिरि संचार क्लब बागलुङले आयोजना गरेको समसामयिक साक्षात्कार कार्यक्रममा १७ औ श्रृङखलामा अध्यक्ष श्रेष्ठले खानेपानी संस्थाले बागलुङको काँठेखोलामा लिफ्टिङ प्रणालीबाट पानी ल्याउने काम अगाडि बढिसकेको बताए ।

अहिले बागलुङ बजारमा प्रतिसेकेन्ड २७ लिटर पानी आइरहेको अब नयाँ योजना बाट प्रतिसेकेन्ड ७० लिटर पानी आउने हुदा अब बागलुङमा पानीको हाहाकार नहुने साक्षात्कार कार्यक्रममा अध्यक्ष श्रेष्ठले बताए । खानेपानी संस्थाको साधारणसभा फागुन चैतसम्म गर्ने तयारीमा गरिरहेको श्रेष्ठले भने ।

बागलुङ नगर क्षेत्रमा अहिले ३ हजार ७ सय उपभोक्ताले पानी प्रयोग गरिरहेको फिल्टर टेङ्की भए पनि बेलाबेलामा समस्या आउने गरेको नगर खानेपानी सरसफाइ उपभोक्ता समितिका कार्यालय प्रमुख हिमाल शर्माले बताए ।

धौलागिरि संचार क्लब बागलुङका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रममा स्वागत क्लबका कोषाध्यक्ष कोपिला कडेलले संचालन क्लबका सचिव प्रदीप पन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung