५ जेष्ठ २०८१, शनिबार

 

अष्ट्रेलियाकी एक महिलालाई शौचालयमै सर्पले टोक्यो

शौच गर्न शौचालय गएकी एक अष्ट्रेलियन महिलालाई सर्पले टोकेको छ।

५९ वर्षिया हेलेन रिचार्ड्स मंगलबार ब्रिसबेनमा रहेका छिमेकीको घर घुम्नको लागि गएकी थिइन्।

छिमेकीको घरमा रहेको शौचालयको कोमोड भित्रै लुकेर बसेको सर्पले रिचार्ड्सलाई टोकेको हो।

५ फिट लामो विषरहित अजिंगरले उनलाई टोकेको जनाइएको छ। सामान्य चोट लागेकी उनको अवस्था यतिबेला समान्य छ।

कमोड भित्रको सर्पले टोकेपछि रिचार्ड्स अत्तालिएकी थिइन्। त्यसपछि तत्काल उद्धारको लागि खबर गरिएको थियो।

उद्धारकर्ता जाम्सिन जेनलीले सर्पलाई कमोडबाट निकालेका थिए। उनले गर्मी महिनामा सर्पहरु शौचालयमा फेलापर्नु सामान्य भएको बताए।

गर्मीका कारण सर्पहरु चिसो स्थानको खोजीमा रहने उनको भनाइ थियो। यतिबेला अष्ट्रेलियामा ४० डिग्रीसम्मको गर्मी छ।

जसका कारण अष्ट्रेलियामा बिहिबार ९० वटा जंगली घोडा मरेको जनाइएको छ। पानीमा रहेका माछाहरु समेत गर्मीका कारण मरेका खबरहरु सार्वजनिक भएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्