ढोरपाटन नगरपालिका वडा नं. १ सोरबोटमा रहेको सोरवोट महिला समुहको नबनिर्मित भवनको आज उद्घाटन गरिएको छ ।
ढोरपाटन नगरपालिकाबाट विनियोजित बजेटबाट निर्माण गरिएको उक्त भवनको आज ढोरपाटन नगरपालिकाका प्रमुख देव कुमार नेपालीबाट उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख नेपालीले रिवन काटेर नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन पछि बोल्दै नगर प्रमुख नेपालीले भवन निर्माण गरेर मात्रै नहुने त्यसलाई सकारात्मक काममा प्रयोग गर्नु पर्ने बताउनुभयो ।भवनमा महिलाहरुलाई आयआर्जनको लागि सिममुलक तालीम र प्रशिक्षण कार्यक्रम, बालबालीकाका लागि बाल शिक्षा सञ्चालन गर्नुपर्ने बताउनुभयो । त्यसैगरी नगर प्रमुख नेपालीले सोरबोट महिला समुहलाई ब्यक्तिगतरुपमा २ लाख पाचँ हजारको अक्षकोष स्थापना गरिदिने उद्घोष समेत गर्नु भएको छ ।
साथै उहाँले सोरवोटमा बालशिक्षाको आवश्यकता औल्याउदै महिला समुहको भवनमा बालशिक्षा कक्षा सञ्चालन गर्न त्यहाँका स्थानियलाई आग्रह गर्नुभएको थियो त्यसको लागि आफुले आफ्नै लगानिमा एक जना सहजकर्ताको व्यवस्था गरिदिने समेत बताउनुभएको थियो । फरक प्रसंगमा बोल्दै नेपालीले समाज परिवर्तन र देशलाई सहिमार्गमा लैजानको लागि बिकाशको काममा एक जुत भएर अगाडि बढ्नु पर्ने बताउनुभयो ।
सकारात्मक परिवर्तनको लागि शिक्षा र चेतना अति आवश्यक भएको भन्दै यसको विकासमा सबैले चासो दिनुपर्ने बताउनु भयो । यस्तै नगर प्रमुख नेपालीले गरिब दलित र पिछडिएको समुदाय र बस्तीका मानिसलाई अगाडि ल्याउनको लागि आफुले जस्तो सुकै अबस्थामा पनि साथ दिने बताउनुभयो ।
बिसिष्ट अतिथिकोरुपामा रहनु भएका ढोरपाटन नगरपालिकाका उप्रमुख करमती पुन मगरले सम्पुर्ण महिलाहरुकोे पहलमा महिलाहरुको साझा भवन निमार्ण गर्न सफल भएको भन्दै उच्च प्रसंशा गर्नुभएको थियो । उप–प्रमुख पुनले महिलाहरु गृहिनीको रुपमा मात्र होईन समाजलाई परिवर्तन गर्नको लगि महत्वपुर्ण सहयोग र साथ दिन सक्ने भएकोले महिला भनेर हेपेर होईन हातेमालो गर्नुपर्ने बताउनु भयो । आफु सबै महिलाहरुको नेतृत्व तहमा भएकोले महिला दिदी बहिनीको सवालमा निरन्तर साथ दिने समेत बताउनु भयो ।
तेस्तै ढोरपाटन नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष चित्रबहादुर भण्डारीले समेत बोल्नुभएको थियो ।
१३ लाख ७० हजार ३ सय ९९ सय रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको सो अवसरमा जानकारी दिईएको थियो । भवन निर्माणका लागि ढोरपाटन नगरपालिकाबाट ८ लाख ५३ हजार ३२८ , सामुदायिक वनबाट २५ हजार, खानेपानि समुहबाट ८५ हजार र सोरबोट महिला समुहले बिभिन्न कार्यक्रम मार्फत संकलन गरेको २ लाख ६० हजार ४ सय गरि जम्मा १२ लाख ३ हजार ७ सय २८ रुपैया संकलन भएको थियो ।
कार्यक्रममा सस्थाका सल्लाहकार हेमप्रसाद विश्वकर्मा,समाजसेवी दिलमाया पौँवी,ढोरपाटन नगरपालिका कार्यपालिका सदस्य असारी विश्वकर्मा,स्वतन्त्र दलित सञ्जालका अध्यक्ष असोक विश्वकर्मा,कर्मभुमी फाउण्डेसनका अध्यक्ष कमल भुषालले मन्तब्य राखेका थिए।
सोरबोट महिला समुहका अध्यक्ष बेलकुमारी विश्वकर्माको अध्यक्ष सदस्य सरिता विश्वकर्माको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन कर्मभुमी फाउण्डेशनका सचिब देब विश्वकर्माले गर्नु भएको थियो ।



















































































































































































































