
बागलुङ । हिउँमा पुरिदाँ बागलुङमा एक जनाको ज्यान गएको छ ।बागलुङको निसीखोलामा हिउँले पुरिएर निसीखोला गाउँपािलका ४ वख्रेनीका ५० बर्षिय टिकाबहादुर घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।घिमिरे शुक्रबार सांझ फर्निचरमा काम सकेर घर फर्कने क्रममा मदिरा सेवन गरी फर्किएको र घरमा नपुगि सडक छेउमा सुतेका कारण रातभरको हिमपातले पुरिंदा चिसोका कारण ज्यान गएको प्रहरीले जनाएको छ ।
देशभर शनिबारको जनजीवन निकै प्रभावित बनेको छ । यता पर्वतमा १२ वर्षपछि उच्च क्षेत्रमा बाक्लो हिउँ परेको छ । जल्ला गाउँपालिकाका बनौ, माँझफाँट, लेखफाँट लगायतका क्षेत्रमा भारी हिमपात परेको छ भने त्यहाँ लगाइएको हिउँदे खेती हिउँले पुरिदिएको छ । तरकारी खेती, गहुँ खेती हिउँले पुरिलिएपछि लाखौको क्षती भएको बताइएको छ ।
पर्वतका उच्च पहाडी भगमा बाक्लो हिउँ परेसँगै जनजीवन निकै प्रभावित बनेको छ । चिसो बढेको छ । चहलपहल कम भएको छ ।