५ जेष्ठ २०८१, शनिबार

 

विश्व कीर्तिमान बनाएका रोहितलाई प्रधानमन्त्रीले दिए बधाई

काठमाडौं, माघ १३ । यूएईविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक बनाएर विश्व कीर्तिमान बनाएका नेपाली युवा क्रिकेटर रोहितकुमार पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् ।

पौडेलले शनिबार यूएईसँगको दोस्रो खेलमा ५८ बलमा ५५ रन बनाएका थिए । उनले १६ वर्ष १४६ दिनमा अर्धशतक बनाएका हुन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्वीटर मार्फत युवा खेलाडी रोहितकुमारलाई बधाई दिएका हुन् । रोहितको सफलताले राष्ट्र अत्यन्तै हर्षित भएको प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन् ।

यसअघि यो कीर्तिमान पाकिस्तानका खेलाडी शाहिद अफ्रिदीको नाममा थियो । अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा श्रीलंकाविरुद्ध १०२ रन बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्