बागलुङ । बागलुङ बजारको हल्लन चोकमा जिपको ठक्करबाट गम्भिर घाइते भएकी बानपा–३ बस्ने बर्ष २६ कि ज्योती सापकोटालाई हेलिकप्टर मार्फत काठमाण्डाैं लगिएको छ ।
आज विहान बागलुङदेखि पोखराका लागि छुटेको ग १ ज ५२९९ नम्बरको जिपले ठक्कर दिँदा उनको टाउँकोमा गम्भिर चोट लागेको थियो ।

उनी प्रभुबैंकको बागलुङ शाखामा काम गर्थिन । बाटो काट्ने क्रममा उनलाई जिपले ठक्कर दिएको थियो । घाइतेको सघन कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



















































































































































































































