८ कार्तिक २०८३, शनिबार

 

चर्चमा बम बिस्फोट, १९ जनाको मृत्यु

फिलिफिन्स, माघ १३ । दक्षिण फिलिफिन्सको एक चर्चमा आइतबार बिहान दुई वटा बम बिस्फोट हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ। मुस्लिम मिलिसिया सक्रिय रहेको टापुको चर्चमा भएको बम बिस्फोटमा ५० जना घाइते भएको अधिकारीहरूले बताएका छन्।

पहिलो बम जोलो चर्च नजिकै बिस्फोट भएको थियो। सरकारी अधिकारीले बिस्फोटबारे जानकारी लिदैँ गर्दा चर्च परिसरमा अर्को बम पड्केको थियो।

फिलिपिन्स प्रहरीका प्रमुख ओस्कार अल्बायाल्देले दुबै बिस्फोटमा परी सुरक्षाकर्मी र सर्वसाधारणसहित १९ को मृत्यु भएको बताए

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung