
काठेखोला गाउपालिका ४ तग्राममा निशुल्क आँखा तथा दन्त शिविर शम्पन्न भएको छ । शिविरवाट आखा १ सय ३३ जना आखार ७६ जना दात सम्वन्धी सम्स्या भएको स्थानियले सेवा लिएका छन् ।
काठेखोला गाउँपालिका वडा नं.४ लायन्स क्लब अफ बागलुङ कालिका, लायन्स क्लब अफ बागलुङ पञ्चकोट, लायन्स क्लब अफ बागलुङ पिस टाउन, लियो क्लब अफ बागलुङ कालिकाको आयोजना तथा बागलुङ डेन्टल होम,आँखा उपचार केन्द्र उपल्लाचौर, सिर्दाथ चश्मा पसल, तंग्राम स्वास्थ्य चौकीको सहयोगमा नारायणी माविको प्राङगणमा शिविर आयोजना गरिएको थियो ।
शिविरमा ९ जनामा मोतिया विन्दु भएको पाईएको छ भने ३५ जनाई निशुल्क चश्मा तथा औषधी वितरण गरिएको छियो ।७६ जना दात सम्वन्धी रोगीले सेवा लिएका मध्य अधिकासंको दाँत किराले खाएका उपचारको लागि आएका थिए ।
शिविर उद्घाटन गर्दै नेपाल रेडक्रश सोसाईटी विउँ उपशाखाका पुर्व सभापती भवानीप्रसाद कडेलले आफ्नो स्वाथ्यप्रती सचेत रहन आवश्यक रहेको वताउदै शिविरले गाउँमा उपचार पाउनवाट वन्चित स्थानीयलाई राहत मिलेको वताउनु भयो ।
कार्यक्रममा डक्टर देवराज श्रेष्ठ, नेत्रज्योती संघ बागलुङका नेत्र सहायक दिवाकर पौडेल लायन्स क्लव इन्टरनेशनल ३२५ वि वान नेपालका रिजन चियर पर्शन नरेश कडेल लगाएतले वोल्नु भएको थियो ।
लायन्स क्लब अफ बागलुङ कालिका अध्यक्ष तथा तग्रामका वडा अध्यक्ष केशरवहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तंग्राम स्वास्थ्य चौकीका प्रमुख गणेश पौडेले र लायन्स क्लब अफ बागलुङ कालिका सचिव वद्री ढुङगानाको संचालनमा सम्पन्न भएको थियो