म्याग्दी, । म्याग्दीमा १२ वर्षीया छोरीलाई बलात्कार गर्ने ५३ वर्षीय बाबुलाई ४१ वर्ष कैद भएको छ । म्याग्दी जिल्ला अदालतले बलात्कार गर्ने बुबालाई ४१ वर्ष कैद र पीडितलाई ५० हजार क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
नयाँ संहिताअनुसार एक महिनाअघि कसुर ठहर भइसकेको थियो । वादी र प्रतिवादी तर्फका कानुनव्यवसायीको रायप्रतिवेदन अध्ययनपछि सजाय निर्धारण गरी न्यायाधीश राजकुमार कोइरालाले शुक्रवार फैसला गरेका हुन् । घरमा एक्लै रहेका बेला बाबुले छोरीलाई बलात्कार गरेको थाहा पाएपछि आमाले प्रहरीमा जाहेरी दिएकी थिइन ।
घटना मालिका गाउँपालिकामा गत भदौ दोस्रो साता भएको थियो । जाहेरी आएलगत्तै प्रहरीले आरोपीलाई पक्राउ गरेको थियो । पक्राउपछि उनले कसुर सकारेका थिए ।



















































































































































































































