२२ बैशाख २०८१, शनिबार

 

भेनेजुयला संकटमा विश्व तीन ध्रुबमा बिभाजित

२० माघ, काठमाडौं । भेनेजुयला प्रकरणमा विश्व तीन धु्रवमा बिभाजित भएको छ । अमेरिकाले विपक्षी नेता गुवाइडोलाई अन्तरिम राष्ट्रपति स्वीकार गरेपछि सुरु भएको धु्रविकरणमा नेपालसमेत मुछिएको छ ।

आइतवारसम्म विश्व तीन धु्रवमा बिभाजित हुँदा कारकासमा भने मडूरोको पक्ष र विपक्षमा ठूला प्रदर्शन भएका छन् ।

मडूरो आफैं सडकमा उत्रिएर अमेरिकी साम्राज्यवादविरुद्ध रातो झण्डा फहराएका छन् । उनलाई बहुसंख्यक जनताले साथ दिएको दावी गरिएको छ ।
यता अमेरिकासँगै दक्षिण अमेरिकी ब्राजिल, जर्जिया, युक्रेनले गुवाइडोलाई समर्थन गरेका छन् ।

बीबीसीका अनुसार बहुसंख्यक विश्वका मुलुकले मडूरोलाई समर्थन गरेका छन् । मडूरोलाई समर्थन गर्नेमा रुस, चीन, बेलारुस, क्युबा, निकारागुवा, बोलिभिया, सुरिनाम, इरान, सिरिया र टर्की छन् ।

युरोपियन युनियन अन्तर्गतका मुलुकहरुले भने भेनेजुयलामा नयाँ निर्वाचन हुनुपर्ने बताएका छन् । बेलायतसहित युरोपेली मुलुकले यदि आठ दिनभित्र चुनाव घोषणा नगरे गुवाइडोलाई समर्थन गर्ने बताएका थिए ।

वर्तमान राष्ट्रपति निकोलस मडूरोलाई भारतले समेत समर्थन जनाएको छ । मडूराले दोस्रो कार्यकालका लागि समथग्रहण गरे लगत्तै अमेरिकाले उनीविरुद्ध गुवाइडोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि यो प्रकरणमा विश्वको ध्यानाकर्षण भएको हो ।

प्रतिक्रिया दिनुहोस्