१२ कार्तिक २०८३, बुधबार

 

झिर्काका बेसाहारा माझीको उपचारमा मल्मका कल्व र महिला समुहको आर्थिक सहयोग

माघ १७ गलकोट 
सामाजिक संस्था घुम्टे युवा परिवारको सकृयतामा गलकोट नगरपालिका ७ मल्म झिर्काका पृथ बहादुर माझीको घरमा फ्ल्याकहरु जडान गरिएको छ । टिनको छाना रहेको माझीको घरमा अत्यधिक चिसो र उचित विस्ताराको अभावमा माझी गत पौषमा विरामी परेका थिए । बेसाहारा माझीको स्थानिय युवा तथा घुम्टे युवा परिवार जापान शाखाका सहसचिव तुलबिर थापा सहितको युवा टोलीले ईमर्जेन्सी पोलि क्लिनिक प्रालि हटियामा उपचार गराई खर्च व्योहोरेका थिए ।

उनलाई थप उपचारको थापाले काठमाण्डौ सम्मको खर्च आफै व्यवस्थापन गरेर पठाएका थिए । अहिले उनलाई शितल गेष्ट हाउस काठमाण्डौका सञ्चालक टिका बहादुर केसीले उपचार गराईरहनुभएको छ । श्रीमतीले छोडेर गएपछि अहिले उनको परिवारमा १ छोरा साथमा छन भनें १ छोरा काठमाण्डौ रहेका छन ।

अत्यधिक चिसोका कारण बिरामी परेपछि उनलाई गलकोट नगरपालिका वडा नं ७ को वडा कार्यालयले ५ हजार बराबरको बिस्तारा सेट सहयोग प्रदान गरेको कार्यवहाक वडा अध्यक्ष लोक बहादुर थापाले जानकारी दिनुभयो । त्यस्तै माझीको उपचारमा वडा नं ७ भित्रका विभिन्न संघ संस्था र महिला समुहहरुले आर्थिक सहयोग समेत गरेको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिनुभयो ।

आज उनको निवासमा पुगी जिल्ला समन्वय समिति बागलुङका सदस्य दल बहादुर थापा सहित घुम्टे युवा परिवारमा आवद्व युवाहरु र स्थानियबासीले कल्व र महिला समुहहरुको आर्थिक सहयोगमा ४० वटा फ्ल्याक मार्फत माझीको घरको सिलिङ व्यवस्थापन गरिएको छ । यसले माझीलाई धेरै राहत पुग्ने युवा समाजसेवी भूमिराज थापाले बताए ।

थापाले भनें माझी बेसाहारा र आसाय भएकोले उनको सेवामा हामी तल्लिन छौं घरमा आवश्यक थप सामाग्री व्यवस्थापनको लागि प्रकृयाहरु अगाडि बढाईएको छ । ५२ वर्षिय माझीको अहिले काठमाण्डौमा उपचार भईरहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung